आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

मन्त्री लालबाबु पण्डित विरुद्ध खनिए कर्मचारीः ‘हुकुमी शैली मान्दैनौं’

  • प्रकाशित मिति : शनिबार, चैत्र १०, २०७४



  • काठमाडौं, चैत १० । प्रशासनमन्त्री लालबाबु पण्डितले कर्मचारीहरुमाथि हुकुमी शैलीको व्यवहार देखाउन खोजेको भन्दै कर्मचारीहरु आक्रोशित बनेका छन् ।

    आधिकारिक ट्रेड यूनियन तथा विभिन्न कर्मचारी संगठनहरुका नेताहरुले स्वेच्छिक अवकासको व्यवस्था कार्यान्वयन नगरिए कडा आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।

    रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै आधिकारिक ट्रेड यूनियनका अध्यक्ष पुण्यप्रसाद ढकालले सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितका पछिल्ला अभिव्यक्ति असान्र्दर्भिक रहेको टिप्पणी गरे ।

    क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले भने,‘पछिल्लो समयमा उहाँले जुन रुपमा कर्मचारीहरुमाथि प्रहार गर्नुभएको छ, यो हुकुमी शैली हो, हेपेर बोल्नुभएको छ, कर्मचारीहरु खटाईएको स्थानमा गईसकेका छन्, केही कर्मचारी बिरामी परेर, सुत्केरी भएर, अन्य समस्यामा परेर नगएका होलान्, तर खटाएको स्थानमा गएर काम गरिहरेका छन्, हाजिर लगाएका छन्, बरु काम गर्ने वातावरण छैन्, बस्ने कुर्सी छै्नन जस्ता यावत समस्याहरु हामीले सुन्नुपरेको छ ।’

    त्यस्तै नेपाल निजामति कर्मचारी संगठनका बरिष्ठ उपाध्यक्ष लेखनाथ कोईरालाले स्वेच्छिक अवकासको व्यवस्था तत्काल कार्यान्वयन गर्न माग गरेका छन् ।

    उनले भने,‘संविधान र ऐनमा भएको व्यवस्थालाई भाषणमा बोलेर हुकुमी शैलीमा कर्मचारीलाई धम्की दिने काम भएकोछ, यो हाम्रो लागि स्विकार्य छैन्, जिम्मेवार व्यक्तिले कुन भाषा बोल्ने र कर्मचारीहलाई कसरी काम गर्ने वातावरण मिलाउने भन्ने कुराको बारेमा जानकार हुनुपर्छ, दानापानी बन्द गर्छु, मानसिक सन्तुलन गुमाएको जस्ता शब्दहरु मन्त्रीले फिर्ता लिनुपर्छ ।’

    उनले अघि थपे,‘कर्मचारी समायोजन वैज्ञानिक रुपमा हुनुपर्छ, अपमानजनक रुपमा होईन, हामीले कहिल्यैपनि स्वेच्छिक अवकासको माग गरेका होईनौं, सरकारले २० वर्षमाथि मुलुकको सेवामा सर्मपित कर्मचारी र ५० वर्ष नाघेका कर्मचारीको हकमा लागू हुनेगरि यो व्यवस्था ऐनमा ल्याएको हो, जस्ताको त्यस्तै लागू हुनुपर्छ, यो नालापानीको युद्ध होईन, अंग्रेजहरुले पानीको मुहान सुकाएजस्तो कर्मचारीको तलव रोक्ने र काममा पठाउँछु भन्नु आँफैमा जायज छैन्, हाम्रो संगठन एमालेनिकट नै भएपनि सरकारको भाषा गैर–जिम्मेवारपूर्ण छ, सच्याउनुपर्छ ।’

    त्यस्तै कार्यक्रममा नेपाल निजामति कर्मचारी यूनियन संघका अध्यक्ष गोपाल पोखरेलले सामान्य प्रशासनमन्त्रीले बोलेको भाषाले कर्मचारीमा निरासा छाएको गुनासो पोखेका छन् ।

    नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतिका अध्यक्ष हरि रावलले सरकारले खटाएको स्थानमा कर्मचारी पुगेको जिकिर गरेका छन्। उनले भने,‘कर्मचारी खटाएको ठाउँमा जानु भएको छ, सरकारले लगाएको आरोप निराधार छ ।’

    साक्षात्कारमा मधेसी निजामति कर्मचारी मञ्चका अध्यक्ष भूवनेश्वर चौधरीले समृद्ध नेपाल निमार्णमा कर्मचारीको ठूलो भूमिका रहने बताउँदै सरकारले उचित किसिमको काम गर्ने वातावरण सिर्जना गर्नुपर्ने बताए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij