बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

सःमिल सन्चालकद्वय पक्राउ

  • प्रकाशित मिति : शनिबार, चैत्र १०, २०७४



  • कन्चनपुर, चैत १० । कन्चनपुरको बेलौरी नगरपालिका–१०, भुडामा शुक्रबार साँझ ठूलो परिणाममा अवैध काठसहित सःमिल सन्चालक पक्राउ परेका छन् ।

    ६१ थान अवैध सिसौका गोलियासहित सःमिल सन्चालक भूपेन्द्र पन्त र देवराज पन्तलाई प्रहरीको क्षेत्रीय विशेष अनुसन्धान आरआइटी टोली र इलाका प्रहरी कार्यालय बेल्डाँडीको संयुक्त टोलीले पक्राउ गरेको हो ।

    पक्राउ परेका दुवैजनालाई इलाका वन कार्यालय सिंहपुरको हिरासतमा राखिएको छ ।

    सःमिल सन्चालन गर्दै आएका देवराजको सःमिलबाट ३६ गोलिया र भूपेन्द्रको सःमिल बाट २५ गोलिया सिसौको काठ बरामद भएको वन कार्यालयका कर्मचारी मोविद अन्सारीले बताए ।

    जिल्ला वन कार्यालय कन्चनपुरका प्रमुख शिवप्रसाद शर्माले अवैध काठ तस्करीमा संलग्न पक्राउ परेका सःमिल सन्चालकमाथि वन ऐनअन्तर्गत् कारबाही गरिने बताए । रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij