आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

जब देउवाले प्रकाशमानलाई हकारे

  • प्रकाशित मिति : आइतवार, चैत्र ११, २०७४



  • कांग्रेसको चुनावी समीक्षा बैठकको दोस्रो दिन शनिबार गुटगत आरोप–प्रत्यारोप भएको छ ।

    मर्यादाक्रममा पूर्वउपसभापति गोपालमान श्रेष्ठलाई अगाडि राखिएको व्यहोरा संयोजक कार्कीले पढेर सुनाउन नभ्याउँदै कांग्रेस बैठकमा लफडा सुरु भयो । सिंहबाहेक रामशरण महत, बलबहादुर केसीसहितका नेताले मर्यादाक्रममा आफूहरूको पनि असन्तुष्टि रहेको, तर एकजनाको मात्रै टुंग्याएको भन्दै आपत्ति जनाए । यो खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका हौ।

    ‘प्रकाशमानले आपत्ति जनाएपछि उनको समर्थनमा बलबहादुर उठे, अनि महेन्द्र यादव पनि उफ्रिन थाले,’ बैठकमा सहभागी एक केन्द्रीय सदस्यले नयाँ पत्रिकासँग भने । नेता यादव सुशील कोइराला सभापति हुँदा पनि मर्यादाक्रममा समस्या हुँदा आफूहरू चुप लागेको भन्दै बैठकमा उफ्रिएका थिए । ‘हामी पहिले पनि सन्तुष्ट थिएनौँ । चन्द्र भण्डारीभन्दा ममाथि भए पनि तल राखिएको थियो,’ यादवको भनाइ उद्धृत गर्दै ती नेताले भने, ‘अहिले सभापतिले त्रुटी सच्चाउनुभयो त के बिगार्नुभयो ?’

    लगत्तै सिंह जंगिए, ‘बढी कुरा गर्ने, थर्काउने, एउटाको मात्र कुरा गर्ने ?’ प्रकाशमान उठेपछि सभापति देउवा आसनबाट उठेर ‘बढी कराउने ?’ भन्दै चुप लाग्न भने । सदस्यहरू आक्रोशित भएपछि बाँकीको क्रम पनि मिलाउने आश्वासन सभापतिले दिएका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij