आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

एमाले-माओवादी एकता घोषणा ‘चैत २३ अगाडि नै’

  • प्रकाशित मिति : आइतवार, चैत्र ११, २०७४



  • प्रधानमन्त्री केपी ओलीले एमाले-माओवादी पार्टी एकता चैत २३ भित्रै गर्ने नयाँ प्रस्ताव गरेका छन्।माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग शनिबार बिहान छलफल गर्दै ओलीले आफ्नो भारत भ्रमणअगाडि नै एकता गर्न प्रस्ताव गरेका हुन्। प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीको त्यस्तो प्रस्तावमा माओवादी अध्यक्ष दाहालले पनि सकारात्मक जवाफ दिएका छन्। दुई अध्यक्षबीच संघीय फोरमका अध्यक्ष उपेन्द्र यादवसँग शनिबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल भएपछि केही बेर थप छलफलक्रममा ओलीको त्यस्तो प्रस्ताव आएको हो। यो खबर हामीले आजको अन्नपूर्ण पोष्टबाट लिएका हौ।

    ओलीले ८ गते बिहीबार दाहालसँगको भेटमा पनि आफ्नो भारत भ्रमणको मिति २३ देखि २५ सम्म तय भइसकेको र त्यसअगाडि नै सकभर एकताको काम टुंग्याएर भारत भ्रमणमा जान सकिए सकारात्मक सन्देश जाने भन्दै अनौपचारिक छलफल गरेका थिए। त्यसदिन दुई अध्यक्ष (ओली-दाहाल) बीच कार्यदलको तयारी र समयले भ्याउने देखिएमा छिटो टुंग्याएर जान सकिने विषयमा छलफल भएको थियो।

    शुक्रबार दुवै नेताले अन्तरिम विधान र अन्तरिम राजनीतिक प्रतिवेदन बनाउन गठित दुई छुट्टाछुट्टै कार्यदलमा रहेका पार्टी नेतासँग अनौपचारिक छलफल गरी कार्यदलले गरिरहेको तयारीको विषयमा बुझेका थिए। त्यसपछि शनिबार दुई अध्यक्ष थप छलफलमा बसेका थिए। उक्त छलफलमा कार्यदलको काम करिब सकिने चरणमा रहेकाले द्रुतगतिमा काम अगाडि बढाएर भए पनि भारत भ्रमणअगाडि नै पार्टी एकताको प्रस्ताव ओलीले गरेका थिए। ओलीको त्यस्तो प्रस्तावमा दाहालले पनि सकारात्मक जवाफ दिएर आन्तरिक तयारीका लागि केन्द्रीय कार्यालयको हेडक्वार्टर बैठक बोलाएका थिए।

    आफ्नै निवास खुमलटारमा बसेको माओवादी पार्टी नेताहरूको बैठकमा दाहालले ओलीले आफ्नो भारत भ्रमणअगाडि नै पार्टी एकता टुंग्याउन प्रस्ताव राखेको खुलासा गरेका थिए।

    दाहालको भनाइ उद्धृत गर्दै माओवादी केन्द्रका सचिवालय सदस्य नारायण शर्माले अन्नपूर्णसँग भने, ‘प्रधानमन्त्रीले पार्टी एकता गरेर भारत भ्रमणमा जाँदा राम्रो हुने, सन्देश पनि राम्रो जाने प्रस्ताव गर्नुभयो, मलाई पनि ठिकै लाग्यो, हाम्रो तयारी के हुन्छ ? सकिन्छ-सकिन्न ? यस विषयमा सुझाव दिनुहोला।’

    ओली-दाहालबीचको छलफलमा दुई दिनभित्र कार्यदललाई आफ्नो काम सक्न निर्देशन दिने, १४ गतेभित्रै पार्टी एकता संयोजन समितिको बैठक बस्ने र प्राप्त कार्यदलको रिपोर्टका आधारमा निर्णय एकतासम्बन्धी ठोस निर्णय लिने, चैत १५ मा एकता संयोजन समितिले लिएका निर्णयका आधारमा दुवै पार्टीले आन्तरिक तयारी गर्ने र चैत २३ भित्रै पार्टी एकता गर्ने गरी गृहकार्य अगाडि बढाउन छलफल चलेको छ।

    अन्तरिम विधान तथा संगठनात्मक कार्यविधि र अन्तरिम राजनीतिक प्रतिवेदन तयार पार्न दुवै पार्टी शीर्ष नेता सम्मिलित एकता संयोजन समितिले फागुन ७ मा छुट्टाछुट्टै दुई कार्यदल गठन गरेको थियो। दुवै कार्यदलले अहिले अन्तरिम मस्यौदा तयार पारी छलफल गरिरहेको छ। अन्तरिम राजनीतिक प्रतिवेदन तयार पार्न गठित कार्यदलको आइतबार पनि बैठक बोलाइएको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij