प्रकाशित मिति : आइतवार, चैत्र ११, २०७४
वरिष्ठ सञ्चारकर्मी तथा गायक स्वर्गीय वासुदेव मुनालको सम्झनामा ‘वासुदेव मुनाल स्मृति प्रतिष्ठान’ को स्थापना गरिएको छ । ३५ वर्षसम्म निरन्तर रेडियो नेपालमा बाल कार्यक्रम संचालन गरेका मुनालको सम्झनामा खडा गरिएको प्रतिष्ठानले उनको वार्षिक पूण्यतिथिको दिन बाल साहित्य, संस्कृति, खेलकुद वा बालहित सम्बन्धि कार्यमा योगदान गरेको व्यक्ति वा संस्थालाई पुरस्कार तथा सम्मान प्रदान गर्नेछ ।
प्रतिष्ठानका संस्थापक प्रा.डा. उपेन्द्र कोइराला र मोहित मुनाल हुन् । प्रतिष्ठानका लागि आवश्यक कागजी प्रक्रिया तथा कोष संकलन कार्य भइरहेकाले छिट्टै नै पुरस्कार राशीको घोषणा गरिने संस्थापक मोहित मुनालले जानकारी दिए । साथै प्रतिष्ठानले विभिन्न सामाजिक कार्य समेत गर्ने जनाएको छ ।
६ महिना पहिले ६८ वर्षको उमेरमा मुनालको निधन भएको थियो । ६ मासिकको काम कै दिन छोरा मोहितले बुबाको सम्झनामा स्मृति प्रतिष्ठान स्थापना गरेका हुन् ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij