आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

बुधबार हुने एन्फा निर्वाचन स्थगित

  • प्रकाशित मिति : आइतवार, चैत्र ११, २०७४



  • आगामी बुधबारका लागि तय भएको अखिल नेपाल फुटवल संघ एन्फाको साधारण सभा र निर्वाचन स्थगित भएको छ।

    एन्फाको निर्वाचन समितिले आइतबार एक विज्ञप्ति जारी गर्दै पाटन उच्च अदालतले दिएको आदेशको पालना गर्दै निर्वाचन कार्यक्रम स्थगित भएको जनाएको छ।

    मकवानपुर जिल्ला फुटवल संघका बरिष्ठ उपाध्यक्ष मणिष श्रेष्ठ र भक्तपुर जिल्ला फुटवल संघका गौतम सुजखुले दिएको रिटमा पाटन अदालतले गत बिहीबार निवेदनको अन्तिम टुङ्गो नलागेसम्म कार्यसमितिको निर्वाचन नगर्न अन्तरिम आदेश दिएको थियो।

     

    भक्तपुर र मकवानपुर जिल्ला फुटबल संघले दिएको उजुरीमा ललितपुर उच्च अदालतका न्यायाधीश राजकुमार वनको एकल इजलासले सो निर्णय गरेको थियो।

    दुवै संघले आफूहरुलाई एन्फाले निर्वाचनबाट वञ्चित गरेको भन्दै उजुरी दिएपछि, उनीहरुलाई समावेश नगरी निर्वाचन गर्न नमिल्ने भन्दै अदालतले अर्को आदेश नआउँदासम्म निर्वाचन स्थगित गर्न निर्देशन दिएको हो ।

    यसअघि भक्तपुर जिल्ला फुटबल संघले सबै क्लबलाई समावेश नगरी निर्वाचन गर्न खोजेको भनेपछि जिल्ला अदालतमा विरोधी पक्षले उजुरी दिएका थिए । जसमा जिल्ला अदालतले सबैलाई समावेश गरेर निर्वाचन गर्न आदेश दिएको थियो । तर भक्तपुरले आफना निकटका क्लबलाई समावेश गरेर निर्वाचन गरेको थियो ।

    असन्तुष्ट पक्षले एन्फालाई विपक्षी बनाउँदै दिएको उजुरीमा अदालतले सुनुवाई गर्दै १५ दिन भित्र दुवै पक्षलाई उपस्थित हुन आदेश दिएको छ ।

    एन्फाले गत शुक्रबार पठाएको विवरणका आधारमा निर्वाचन स्थगित गर्ने निर्णय भएको निर्वाचन समितिका संयोजक सुमन केसी र सहसंयोजक लक्ष्मण थापाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

    यद्यपी निर्वाचन समितिले नयाँ निर्वाचन तालिका बारे केही उल्लेख गरेको छैन।

    यता फिफाले तोकिएको समयमै निर्वाचन नगरे कारबाही गर्ने चेतावनीसहितको पत्र एन्फालाई पठाइसकेको छ।

    एन्फाको अध्यक्षमा संस्थापन पक्षबाट मणि कुँवर र परिवर्तन धारबाट कर्माछिरीङ शेर्पाकाे प्यालन निर्वाचनमा प्रतिस्पर्धामा छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij