बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

फुङलिङ बजार क्षेत्रमा जडान गरिएका सीसी क्यामेरा बिग्रिए

  • प्रकाशित मिति : सोमवार, चैत्र १२, २०७४



  • ताप्लेजुङ, चैत १२ । दुई वर्षअघि ताप्लेजुङ सदरमुकाम फुङलिङमा जडित आधाजसो सिसी क्यामेरा तीन महिनादेखि बिग्रँदा कामै गर्न छाडेको छ ।

    तैपनि मर्मत गरिएको छैन । बजार क्षेत्रमा जडित १३ मध्ये ६ वटा क्यामेरा तीन महिनादेखि कामै नगर्ने भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

    रकम नहुँदा मर्मत गर्न नसकेको सिसी क्यामेरा सञ्चालन तथा मर्मत संभार उपसमितिका संयोजक तारानाथ घिमिरेले बताए ।

    बजार क्षेत्रमा हुने चोरीलगायतका आपराधिक क्रियाकलाप नियन्त्रण गर्ने उद्देश्यले दुई वर्षअघि बजार क्षेत्रमा क्यामेरा जडान गरिएको थियो ।

    सिसी क्यामेरा जडेपछि सदरमुकाम भित्र भएका दर्जनौं आपराधिक क्रियाकलापमा संलग्नलाई नियन्त्रणमा लिन सफल भएको ताप्लेजुङ प्रहरी प्रमुख तथा प्रहरी नायव उपरिक्षक ज्ञानेन्द्र बहादुर बस्नेतले बताएका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij