बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

दुर्घटनामा दुईजनाको मृत्यु

  • प्रकाशित मिति : सोमवार, चैत्र १२, २०७४



  • लहान, चैत १२ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत् सप्तरीको सुरुंगा नगरपालिका–५, कुसाहामा भएको दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् ।

    मृत्यु हुनेमा मोटरसाइकल चालक सिरहाको सुखीपुर नगरपालिका–४, महादेवका ३५ वर्षीय राजीवकुमार चौधरी र साइकलयात्री सुरुंगा नगरपालिका–८ का ३० वर्षीय महेश ठाकुर रहेको प्रहरीले जनाएको छ ।

    पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको स९प १९७७ नम्बरको मोटरसाइकलले आइतबार राति साइकललाई ठक्कर दिएको थियो ।

    चौधरी र ठाकुरको लहानस्थित डिभाइन अस्पतालमा उपचारकाक्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय कडरबोनाले जनाएको छ ।

    मोटरसाइकलमा पछाडि सवार सप्तरी, बोदेबर्साइन नगरपालिका–८ का ३० वर्षीय भुनेश्वर चौधरी गम्भीर घाइते भएका छन् । उनको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको छ । रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij