आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

सेयरबजारमा पहिरो, नेप्से ५२ अंकले झर्‍यो

  • प्रकाशित मिति : मङ्लबार, चैत्र १३, २०७४



  • काठमाडौं, चैत १२ । सोमबार पनि सेयरबजारमा पहिरो जानेक्रम रोकिएन ।

    कारोबार सुरु भएदेखि निरन्तर ओरालो लागेर एक घन्टा नहुँदै नेप्से ३ प्रतिशत घटेसँगै नेप्सेले १५ मिनेट ‘सर्किट ब्रेक’ नै लगायो ।

    त्यसयता उतार–चढाव हुँदै नेप्से ५२ अंक बराबरले झरेर ११ सय ६८ मा आएर थामियो ।

    कारोबार भएका सबै समूहमा गिरावट आउँदा बैंकिङ समूहमा सबैभन्दा उच्च ३८३ अंकको गिरावट आयो । होटल समूह ८१ अंकले झर्‍यो ।

    लघुवित्त समूहमा पनि ७५ अंकको गिरावट आयो । जलविद्युत् समूह ६९ अंक र उत्पादनमूलक समूहमा पनि ६० अंकको कमी आयो । विकास बैंक समूह ५१ अनि वाणिज्य बैंक समूहमा ४१ अंकको गिरावट आयो ।

    अन्य समूह पनि दोहोरो अंकले ओरालो लाग्दा वित्त समूहमात्र सामान्य अंकले ऋणात्मक रह्यो ।

    यसदिन कारोबार परिमाण भने औसत दिनका तुलनामा सामान्य उच्च रह्यो । यसदिन नेपाल स्टक एक्सचेन्जमा १५७ कम्पनीका १५ लाख ६८ हजार कित्ता सेयर ४८ करोड रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij