आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

एसइई दिन आएकी छात्रा मृत फेला

  • प्रकाशित मिति : मङ्लबार, चैत्र १३, २०७४



  • सुर्खेतको पञ्चपुरी नगरपालिकामा माध्यमिक शिक्षा परीक्षा (एसइई) दिन आएकी एक छात्रा मंगलबार बिहान मृत फेला परेकी छन्।

    इलाका प्रहरी कार्यालय बाबियाचौरका प्रमुख प्रहरी निरीक्षक सुशोभन श्रेष्ठले दिएको जानकारी अनुसार पञ्चपुरी–३ चौरकी देउकला रोकाया बिहान मृत फेला परेकी हुन्।

    उनी एसइई परीक्षाका लागि बाबियाचौरमा कोठा भाडामा लिएर बसेको थिइन्।

    परीक्षा समय सुरु भइसक्दा पनि उनी नआएपछि खोजी गर्दा उनी कोठामा मृत भेटिएकी हुन्।

    ‘उनको शरीरमा चोटहरु देखिएको छ,’ प्रहरी निरीक्षक श्रेष्ठले भने, ‘पोस्टमर्टमका गर्न शव वीरेन्द्रनगर पठाएका छौं, त्यसपछिमात्रै मृत्युको कारण पत्ता लाग्छ।’

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij