आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

भारत भ्रमणका क्रममा ओलीले राजनीतिक मुद्दामा छलफल नगर्ने!

  • प्रकाशित मिति : बुधबार, चैत्र १४, २०७४



  • प्रधानमन्त्री केपी ओलीको आसन्न भारत भ्रमणमा नेपालको राजनीतिक विषयमा कुराकानी नहुने भएको छ । निर्वाचनमार्फत राजनीतिक संक्रमण सम्पन्न भइसकेको अवस्थामा अब ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच आर्थिक विकासका मुद्दामा छलफल गर्ने गरी कूटनीतिक तयारी थालिएको छ । दुवै देशका परराष्ट्र मन्त्रालयले आपसी छलफलका बुँदामा आन्तरिक परिस्थितिबारे छलफल नगर्ने तयारी गरिरहेका छन् । यो खबर पर्शुराम काफ्ल्ले आजको नयाँ पत्रिकामा लेखेका छन्।

    ‘भारतीय प्रधानमन्त्री मोदीले वाणिज्यमन्त्री मात्रिका यादब र भारतीय वाणिज्यमन्त्री सुरेश प्रभुसँग गत साताको संक्षिप्त कुराकानीमा राजनीतिक बिषय होइन, आर्थिक विकासका बिषयमा कुराकानी गर्ने इच्छा देखाउनुभएको छ । यो राम्रो संकेत हो,’ भेटबारे जानकार नेपाली अधिकारीले नयाँ पत्रिकासँग भने, ‘आन्तरिक राजनीतिक बिषयमा कुराकानी गर्ने इच्छा हाम्रो प्रधानमन्त्रीको पनि छैन भन्ने हाम्रो बुझाई छ ।’

    यसअघि नेपालको संविधानलाई भारतीय प्रधानमन्त्रीले स्वागत गर्न अस्वीकार गर्दा र संविधान संशोधनका बिषयमा प्रधानमन्त्री ओलीले उल्लेख गर्न अस्वीकार गर्दा ओलीको पहिलो भारत भ्रमणमा संयुक्त बक्तव्य जारी भएको थिएन ।

    विश्व व्यापार संगठनको मिनि मिनिस्टेरियल वैठकमा सहभागी हुन दिल्ली आएका बेला भारतीय मन्त्री सुरेश प्रभुको सहयोगमा वाणिज्यमन्त्री यादब र मोदीबीच संक्षिप्त कुराकानी भएको थियो । त्यसक्रममा मोदीले आर्थिक विकासमा सहकार्य गर्नुपर्ने धारणा राखेका थिए । ओलीको भारत भ्रमणमा त्यसबारे विस्तारमा छलफल हुने पनि मोदीले संकेत दिएका थिए । यसलाई नेपालले अवसरका रुपमा लिएर राजनीतिक बिषयमा छलफल नगर्ने र संयुक्त बक्तव्यमा पनि राजनीतिक बिषय समावेश नगर्ने वातावरण बनाउनुपर्ने जानकारहरुको सुझाब छ ।

    नेपाली दुताबासका प्रवक्ता एवं राजनीतिक काउन्सिलर हरिप्रसाद ओडारीले भ्रमणको एजेन्डा र मिति चाँडै घोषणा हुने बताए । ‘हामी बिषयगत र लजिस्टिक तयारी गरिरहेका छौँ । मिति र एजेन्डा चाँडै घोषणा हुँदैछ,’ उनले नयाँ पत्रिकासँग भने । मिति औपचारिक घोषणा नभए पनि ओली २३ देखि २५ चैतसम्म भारतको तीनदिने राजकीय भ्रमणमा आउने गरी दुताबासले तयारी गरेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij