आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

राष्ट्रपति भण्डारीले आज संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्ने

  • प्रकाशित मिति : बिहिबार, चैत्र १५, २०७४



  • काठमाडौं, चैत १५ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्ने भएकी छिन् ।

    संसद भवन नयाँबानेश्वरमा दिउँसो ४ बजे बस्ने प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकलाई राष्ट्रपति भण्डारीले सम्बोधन गर्न लागेकी हुन् ।

    संविधानमा चुनावपछि दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपतिले सम्बोधन गर्ने व्यवस्थाअनुसार राष्ट्रपतिले संयुक्त बैठकलाई सम्बोधन गर्न लागेकी हुन ।

    राष्ट्रपतिको सम्बोधनको ब्यहोरा मन्त्रिपरिषद बैठकले अनुमोदन गरी राष्ट्रपति कार्यालयमा बुझाइसकेको छ ।

    राष्ट्रपति भण्डारी सम्मेलन केन्द्रमा घोडाको बग्गीमा चढेर प्रवेश गर्ने र उहाँलाई प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिनालगायतले स्वागत गर्ने तयारी छ ।

    राष्ट्रपतिको सम्बोधन कार्यक्रममा संवैधानिक निकायका प्रमुख, सरकारका सचिव, कूटनीतिक नियोगका प्रमुखलगायतलाई आमन्त्रण संसद् सचिवालयका प्रवक्ता डा. भरतराज गौतमले जानकारी दिए ।

    नेपालको संविधानको धारा ९५ को उपधारा (२) मा राष्ट्रपतिले प्रतिनिधिसभाको निर्वाचनपछिको पहिलो अधिवेशन र प्रत्येक वर्षको पहिलो अधिवेशन प्रारम्भ भएपछि संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने व्यवस्था छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij