बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

चैत २२ गतेदेखि बुद्ध एयरले धनगढी उडान थप्ने

  • प्रकाशित मिति : बिहिबार, चैत्र १५, २०७४



  • बुद्ध एयरले प्रदेश ७ को राजधानी धनगढीमा चैत २२ देखि काठमाडौंबाट थप एक उडान गर्ने भएको छ।

    काठमाडौंबाट बिहान ७ र साँझ ५ बजे उडान हुने बुध्द एयरले जनाएको छ।  । नागरिक उड्डयन प्राधिकरणको सहयोगमा स्याटेलाईट प्रणाली तथा (RNAV) बाट, कम भिजिविलिटी तथा रात्रिकालिन उडानको बुध्द एयरले सफल परीक्षण गरिसकेको छ । यो विधि अन्तर्राष्ट्रिय स्तर अनुरूप सुरक्षाका सम्पूर्ण दृष्टिले विश्वासिलो प्रमाणित भइसकेको छ ।

    स्याटेलाईट प्रणालीबाट उडान भर्दा मात्र १७०० मिटरको भिजिविलिटी र अन्य मौसम तथा रात्रिकालिन उडान पनि सजिलै हुने हुँदा धनगढीलाई थप उडानबाट जोडिन लागिएको कम्पनीले जनाएको छ । यसअघि खराब मौसम र एयर ट्राफिकका कारण उडानमा ढिलाई र रद्दसमेत हुने गरेको थियो ।

    थप उडानबाट यात्रुहरूले उही दिन धनगढी–काठमाडौं ओहोरदोहोर गर्न सजिलो हुनुको साथै सिमापारी नैनिताल, हरिद्वार, ऋषिकेश,देहरादून तथा अन्य स्थानहरूमा पनि आवतजावत गर्न सजिलो हुने बुध्द एयरको विश्वास छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij