बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

मदिरा सेवन गरेर होहल्ला गर्ने वडाध्यक्ष समातिए

  • प्रकाशित मिति : शनिबार, चैत्र १७, २०७४



  • ओखलढुंगा, चैत १७ । ओखलढुंगामा कार्यालय समयमै मदिरा सेवन गरेर होहल्ला गर्ने एक वडाध्यक्ष पक्राउ परेका छन् ।

    मदिरा सेवन गरेर होहल्ला गर्ने वडाध्यक्ष समातिए

    मदिरा सेवन गरेर कार्यालयमा सेवाग्राही र कर्मचारीलाई गालीगलौच गर्ने चम्पादेवी गाउँपालिका वडा नम्बर–४ का अध्यक्ष कृष्णबहादुर खत्रीलाई प्रहरीले पक्राउ गरेको हो ।

    स्थानीयले उजुरी गरेपछि उनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक अनन्तराज शर्माले बताए ।

    खत्री शुक्रबार दिउँसो मदिरा सेवन गरेर वडा कार्यालय पुगेका थिए । अचेत अवस्थामा भेटिएका उनलाई स्थानीयले प्रहरीमा बुझाएका हुन् ।

    शुक्रबार दिउँसो पक्राउ परेका खत्री अहिले प्रहरीचौकी कोषभञ्ज्याङको हिरासतमा छन् ।

    खत्री चम्पादेवी गाउँपालिका–४ मा नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष हुन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij