आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

संघीय संसदको पहिलो अधिवेशन आज अन्त्य हुँदै, प्रधानमन्त्रीले सम्बोधन गर्ने

  • प्रकाशित मिति : मङ्लबार, चैत्र २०, २०७४



  • काठमाडौं, चैत २० । संघीय संसद्को पहिलो अधिवेशन आज अन्त्य हुने भएको छ ।

    संघीय संसदको पहिलो अधिवेशन आज अन्त्य हुँदै, प्रधानमन्त्रीले सम्बोधन गर्ने

    बैठकको अन्त्यमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम छ ।

    प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र राष्ट्रियसभाको बैठक ४ बजे बस्दै छ । प्रधानमन्त्री ओलीले दुवै सदनका बैठकलाई सम्बोधन गरेपछि बैठक अन्त्य भएको घोषणा गर्ने तयारी भएको छ ।

    प्रधानमन्त्रीले सम्बोधनका क्रममा संसद् बैठकलाई आफ्नो भारत भ्रमणको तयारीलगायतका विषयमा जानकारी दिने बताइएको छ ।

    आजैको बैठकमा प्रतिनिधिसभा तथा राष्ट्रियसभा सदस्य निर्वाचन र चिकित्सा शिक्षा अध्यादेश स्वीकृत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

    प्रतिनिधिसभा र राष्ट्रियसभाको पहिलो बैठक फागुन २१ गते बसेको थियो ।

    आजम्म राष्ट्रियसभाका १० वटा र प्रतिनिधिसभाका ११ वटा बैठक हुने छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij