आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

एकीकृत जाँच चौकीको उद्घाटन, व्यापारीलाई प्रत्यक्ष फाइदा

  • प्रकाशित मिति : शनिबार, चैत्र २४, २०७४



  • नयाँदिल्ली, चैत २४ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्तरुपमा वीरगन्जको एकीकृत जाँच चौकी (आइसीपी)को शनिबार उद्घाटन गरेका छन् ।

    हैदरावाद हाउसमा आयोजित विशेष समारोहमा उक्त एकीकृत जाँच चौकीको उद्घाटन गरिएको हो ।

    उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको नेपाल इन्टरमोडल यातायात समितिको संयोजनमा निर्माण भएको उक्त एकीकृत जाँच चौकीको उद्घाटन गरिएको हो ।

    प्रधानमन्त्री ओलीको भारतको राजकीय भ्रमणको अवसर पारेर एकीकृत जाँच चौकीको उद्घाटन गरिएको हो ।

    नेपाल र भारतबीचको सम्झौताअनुसार सन् २०११ को जुलाईमा शिलान्यास भइ उक्त एकीकृत जाँच चौकीको निर्माण कार्य थालिएको थियो ।

    मुआब्जा विवाद, ठेकेदारको लापरबाही, ढुंगा, बालुवाजस्ता निर्माण सामग्रीको अभावका कारणले एकीकृत चौकी निर्माणमा ढिलाइ भएको थियो ।

    भारतीय सहयोगमा विराटनगर भैरहवा र नेपालगगन्जमा पनि त्यस्ता चौकी निर्माण भइरहेका छन् ।

    मुलुकको व्यापार सहजीकरणका लागि सरकारले भन्सार विन्दुलाई आधुनिकीकरण गर्दै र सुक्खा बन्दरगाहमा पूर्वाधार मजबुत् बनाउँदै लैजाने योजनाअन्तर्गत् उक्त चौकी निर्माण गरिएको हो ।

    नेपाल इन्टरमोडल यातायात विकास समितिकाअनुसार आइसीपी शनिबारैदेखि सन्चालनमा आउनेछ ।

    आइसीपी सन्चालनमा आएपछि सामान आयात र निर्यात गर्दा सीमानाकामा उद्योगी तथा व्यवसायीले भोग्नुपरेका समस्या समाधान हुने विश्वास लिइएको छ ।

    नेपाल र भारतबीचको व्यापारलाई सहजीकरण गर्न उक्त चौकीले सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

    दुई देशबीचको व्यापारलाई औपचारिक दायराभित्र ल्याउन महत्वपूर्ण एकीकृत जाँच चौकीको महत्वपूर्ण योगदान रहनेछ ।

    सरकारले वीरगन्ज महानगरपालिकाको सिर्सिया र अलौमा गरी ३१५ जना जग्गाधनीको ११५ विगाहा क्षेत्रफल जग्गा अधिग्रहण गरी उपलब्ध गराएको थियो ।

    भारत सरकारको रु एक अर्ब ३९ करोड लागतमा एकीकृत जाँच चौकी निर्माण भएको हो ।

    अलौंमा निर्माण भएको उक्त चौकीमा ७३० वर्ग मिटर क्षेत्रफलका पाँचओटा ठूला गोदाम, दुईओटा ठूला सेड, कार्यालय सन्चालन भवन, भन्सार कार्यालयको भवन, कर्मचारीको आवास भवन, उपचार केन्द्र भवन, खाजा तथा खाना घर, बैंक तथा वित्तीय संस्थाको भवन, सुरक्षाकर्मीको भवन, पर्खाललगायत रहेका छन् ।

    चौकी सन्चालनमा आएपछि वीरगन्जको मुख्य नाकामा रहेको वीरगन्ज भन्सार कार्यालय त्यही स्थानान्तरण हुनेछ ।

    एकीकृत जाँच चौकी सन्चालनमा आएपछि आयात–निर्यातकर्ताले कम समयमै सहजरुपमा वस्तु आयात–निर्यात गर्न सक्नेछन् ।

    सवारीको चापका कारण ट्राफिक जाम नहुने, भन्सारमा हुने गरेको चोरी–पैठारीमा कमी आउने र राजश्व चुहावट पनि रोकिने सरकारको अपेक्षा रहेको छ ।

    उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले व्यापार प्रवद्र्धनका लागि एकीकृत जाँच चौकी महत्वपूर्ण कोशेढुंगा भएको संक्षिप्त प्रतिक्रिया दिए ।

    शुक्रबार भारतीय व्यापारीसँगको छलफलमा पनि प्रधानमन्त्री ओलीले वीरगन्जमा एकीकृत जाँच चौकी सन्चालनमा आउन लागेको र त्यसले उद्योगी–व्यवसायीलाई फाइदा पुग्ने बताएका थिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij