बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

भाटभटेनी सुपरमार्केटमा लागेको आगो निभाइयो

  • प्रकाशित मिति : आइतवार, चैत्र २५, २०७४



  • बुटवल, चैत २५ । बुटवल उपमहानगरपालिका–८ सुख्खानगरस्थित भाटभटेनी सुपरमार्केटमा लागेको आगो नियन्त्रणमा आएको छ ।

    आज बिहान ४ बजेदेखि लागेको आगो पाँच घण्टापछि नियन्त्रणमा आएको हो । आगो नियन्त्रणमा लिन बुटवल, भैरहवा र नवलपरासीका चार वटा दमकल प्रयोग गरिएको थियो ।

    दमकल, स्थानीयबासिन्दा, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी आगो नियन्त्रणमा खटिएका थिए ।

    ६ तले भवनको छैठौ तलाबाट शुरु भएको आगो पाँचौ तलामा समेत फैलिएको थियो । आगलागीबाट के–कति क्षति भयो भन्ने अहिलेसम्म कुनै तथ्यांक आएको छैन ।

    विद्युत् सर्ट भएर आगो लागेको प्रहरीले जनाएको छ ।

    बुटवलको भाटभटेनी सुपर मार्केट करिव डेढ वर्षअघि मात्रै सञ्चालनमा आएको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij