बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

आगलागीबाट एक जनाको मृत्यु, ९ वटा घरमा क्षति

  • प्रकाशित मिति : आइतवार, चैत्र २५, २०७४



  • उदयपुर, चैत २५ । उदयपुरको गढी गाउँपालिका–६, नेपालटार बजारस्थित नारायण तामाङको घरमा आगलागी हुँदा एक महिलाको जलेर मृत्यु भएको छ ।

    मृत्यु हुनेमा तामाङकी आमा बाढीमाया छिन् । अपाङ्ग रहेकी उनी भाग्न नसक्दा जलेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

    तामाङको घरबाट सल्केको आगोले सँगै रहेका स्थानीयका अरु ८ घरसमेत जलेर नष्ट भएको छ । ९ घर जल्दा सात करोड बराबरको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।

    राति ११ बजे सल्केको आगो बिहानमात्र नियन्त्रणमा लिन सकिएको हो ।

    आगोले नारायण तामाङसहित टंक श्रेष्ठ, भरत कार्की, तीलाकुमारी दाहाल, निर्मला वि.क., नवराज कार्की, रमेश खतिवडा र टिकामान तामाङको घर जलेर नष्ट भएको हो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij