बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

रोल्पामा ट्र्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु, तीन जना घाइते

  • प्रकाशित मिति : मङ्लबार, चैत्र २७, २०७४



  • रोल्पा, चैत २७ । रोल्पाको सुनछहरी गाँउपालिका–५ कसलामा गएराति ट्र्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् ।

    मृत्यु हुनेमा रोल्पा नगरपालिका–३ सिमलवाङका ३२ वर्षीय गणेश बुढा रहेका छन् । उनको घटनास्थलमा नै मृत्यु भएको हो ।

    सोही दुर्घटनामा ट्र्याक्टरमा सवार लुंग्री गाँउपालिका–५ स्यारका १६ वर्षीय बिक्रम सुनार, १८ वर्षीय गणेश सुनार र रोल्पा नगरपालिका–१० धवाङका १९ वर्षीय रपबहादुर पुन मगर घाइते भएका छन् ।

    घाइतेहरुको मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

    गएराति ९ बजे लु१त ९३४२ नम्बरको ट्र्याक्टर सडकबाट अन्दाजी ५ मिटर तल खसेको इलाका प्रहरी कार्यलय सुलिचौरले जानकारी दिएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij