प्रकाशित मिति : बुधबार, चैत्र २८, २०७४
देशमा गणतन्त्र स्थापनार्थ शहादत प्राप्त गर्ने शहिद ऋषिराज देवकोटा आजाद, दुर्गा सुवेदी, दलबहादुर रजनमगरको अर्धकदको शालिकमा विपी राजमार्गबाट आवत जावत गर्ने वामपन्थी पार्टीका नेता कार्यकर्ताले फूलमाला चढाएर श्रद्धान्जली अर्पण गर्दछन् । अरु यात्रीले पनि अवलोकन गर्ने र सामुहिक फोटो खिचाउने गर्दछन् ।
शहीदको स्मारक पार्कमा अवलोकन गर्न, शहीदको शालिकमा माल्यार्पण गर्न आउने पर्यटकका कारण भिमान बजारको व्यापार व्यवसाय पनि बढेको छ । देशमा गणतन्त्र स्थापनार्थ भूमिगत शैलीमा आन्दोलनमा रहँदा आजाद, सुवेदी र मगरको २०३७ सालमा हत्या गरिएको थियो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij