बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

विस्फोटक पदार्थ पड्केर बालक गम्भीर घाइते

  • प्रकाशित मिति : बिहिबार, चैत्र २९, २०७४



  • उदयपुरको त्रियुगा नगरपालिका–१३ स्थित थरुहट रंगशाला क्षेत्रमा बुधबार दिउँसो अज्ञात व्यक्तिले झोलामा छाडेको विस्फोटक पदार्थ पड्केर स्थानीयवासी १४ वर्षीय बालक पारस राई गम्भीर घाइते भएका छन् ।

    जिल्ला प्रहरी कार्यालय उदयपुरकाअनुसार घाइते बालकको जिल्ला अस्पताल उदयपुरमा उपचार हुन नसकेपछि सुनसरी, धरानस्थित बीपी मेमोरियल अस्पताल पठाइएको छ ।

    थरुहट रंगशालानजिकै हवाई फिल्डको चौरमा भैंसीका पाडा चराउँदै गरेका बालकले झोलामा कालो वस्तु देखेको र त्यो हेर्न खोज्दा विस्फोट भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी निरीक्षक मानप्रसाद श्रेष्ठले बताए ।

    विस्फोटबाट घाइते बनेका बालकको पेटमा बमको छर्रा लागेको र टाउकोमासमेत चोट लागेका कारण जिल्ला अस्पताल उदयपुरमा उपचार हुन नसकी धरान पठाइएको प्रहरी निरीक्षक श्रेष्ठले बताए ।

    उक्त बम कसले छाडेको हो भन्नेबारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ । रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij