बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

२०७५ सालको वार्षिक राशिफल

  • प्रकाशित मिति : शनिबार, बैशाख १, २०७५



  • कपिलदेव सुवेदी                            उप–प्रा. नेपालसंस्कृत विश्वविद्यालय                सिद्धान्त ज्यौतिषाचार्य,वास्तु तथा फलितविद्                    ज्यौतिष परामर्श केन्द्र                         वेष्टर्न डेभलोपमेन्ट बैक संग सटेको घरमा                        बिजौरी,दाङ                        ९८४७८२२७११, ९८६८६५११२१, ९८४७८३३६२३

    मेष                                (चु,च,ेचो,ला,ली,लु,ले,लो,अ)             मेष राशिलाई २०७५ साल राम्रो रहेको छ । शिक्षा क्षेत्र फलदायी रहेको छ । शिक्षाक्षेत्रमा गरेको लगानि फाइदाजनक हुनेछ । विद्यार्थीहरुको पठनपाठन राम्रो रहनेछ । यस वर्ष एकल भन्दा साझेदारी व्यवसाय फाइदाजनक रहनेछ । विदेशयात्रा गर्नचाहने हरुकालागि यो वर्ष सफल रहेको छ । तर आफ्नो तथा परिवारको स्वास्थ्यमा अधिक खर्च गर्नुपर्ने देखिन्छ त्यसकारण परिवारका सबै सदस्यको ग्रहदशा सुयोग्य ज्योतिषलाई देखाइ शान्ति गराउनु होला । जागिर गर्ने हरुको आफ्ना हाकिमसँगको सम्बन्ध त्यति राम्रो रहने छैन । भूमी सम्बन्धि समस्या तथा झमेलामा पर्न सक्ने देखिन्छ । धन आर्जनका दृष्टिले असार,असोज,माघ र फाल्गुन महिना शुभ रहेका छन् ।
    बैशाख महिनामा मनमा भय तथा डर वनिरहने छ । अधिक खर्च तथा भ्रमण गर्नुपर्ने छ ।

    बृष                             (ई,उ,ए,ओ,वा,वी,वु,वे,वो)         बृष राशिका मानिसकालागि यो वर्ष सामान्य फल दिने खालको रहेको छ । अढैया शनिका प्रभावले मानसिक तनाव,पारिवारीक समस्या,धनको क्षति,काममा ढीलासुस्ति जस्ता अशुभफल प्राप्त हुनेछन् । तर जन्मको शनि शुभ रहेमा  अशुभफल लाग्ने छैन । ग्रहदेखाएर शुभ÷अशुभ पत्ता लगाइ अशुभ भएमा शान्ति गराउनु होला वा शनि देवको प्रसन्नताका लागि महाकाल शनि मृत्युञ्जय स्तोत्रपाठ,पीपलको पुजा,शनिको मन्त्रजप गर्नु आवश्यक हुनेछ । शनि शुभ रहेमा शत्रु पराजित हुनेछन्, व्यवसायमा लाभ हुनेछ । यस वर्ष अध्ययन अध्यापनको क्षेत्र कमजोर रहनेछ । बैदेशिक यात्रा फलदायी हुनेछ । टाउको तथा प्रजनन् अंगमा समस्या आउने छ ।नोकरीमा पदोन्नतिको योग रहेको छ । आर्थिक हिसावले श्रावण,कार्तिक,फाल्गुन र चैत्र महिना शुभ रहेका छन् ।
    बैशाख महिना अधिक धनक्षय हुनेछ । आँटेका कामहरु पुराहुन गाह्रो छ ।
    मिथुन                            (का,की,कु,घ,ङ,छ,के,को,हा)        मिथुन राशिलाई २०७५ साल मध्यम फलदायी रहने छ । परविारमा माङ्गलिक कार्य तथा उत्सव हुनेछन् । विद्यार्थीहरुकालागि सुरुका ६ महिना अध्ययनमा बाधाकारक छन् भने अन्त्यका ६ महिना शुभ रहेकाछन् । आफन्त सँगको आर्थिक कारोवार फलदायी हुनेछैन । धार्मिक यात्राहरु हुनेछन् । यसवर्ष आम्दानी भन्दा खर्च धेरै हुनेछ । व्यवसायमा सामान्य लाभ मात्र हुनेछ । पतिपत्नीमा बेमेलको स्थिति रहेकोछ । स्वास्थ्य संबन्धि समस्याले सताउने छ । धनार्जनका दृष्टिले बैशाख,ज्येष्ठ,भाद्र र मंसिर महिना शुभ रहेका छन् ।
    बैशाख महिनामा धनागम हुनाले मन प्रसन्न रहनुका साथै सुख तथा सन्तोष प्राप्त हुनेछ ।
    कर्कट                                         (ही,हु,हे,हो,डा,डी,डु,डे,डो)        कर्कट राशिकालागि यो वर्ष मिश्रित फलदिने खालको रहेको छ । सामाजिक कार्यमा संम्मान प्राप्त हुनेछ । जागिरेहरुका लागि पदोन्नतिको योग रहेको छ । व्यापारी वर्गका लागि व्यवसायबाट मनग्य लाभ हुनेछ । स्वास्थ्य संबन्धि समस्याले सताउनुका साथै परिवारको स्वास्थ्यमा अधिक धन खर्च हुनेछ । दाम्पत्य जिवनमा उतारचढावको योग छ । धार्मिक कार्यमा मन जाने छ । शत्रुले दुख दिन खोजेपनि विजय तपाईको हुनेछ । वैदेशिक यात्रा गर्न चाहनेहरुका लागि यस वर्ष शुभ रहेको छ । लामा यात्राहरु हुनेछन्  आर्थिक दृष्टिले बैशाख,ज्येष्ठ,असोज र पौष महिना शुभ छन् ।
    बैशाख महिना सुखद् रहने छ । गरेका काममा सफलता मिल्नेछ तर राज्य पक्षबाट भने समस्या आउन सक्छ सजग रहनुहोला ।
    सिंह                                         (मा,मी,मु,मे,मो,टा,टी,टु,टे)
    सिंह राशिलाई २०७५ साल राम्रो रहेको छ । गुमेको धन फिर्ता आउने छ । शत्रु पराजित हुनेछन् । परिवारमा हर्ष तथा परिवारका सदस्यको स्वाथ्यमा देखिएको समस्याको समाधान हुनेछ । विद्यार्थीहरुका लागि यो वर्ष साह्रै राम्रो रहेकोछ,पठनपाठनमा सफलता मिल्ने छ । विवाहितहरुको दाम्पत्य जिवन सुमधुर रहनेछ । यात्राका अवसर प्राप्त हुनेछन् । व्यापारी तथा कृषकहरुका लागि प्रशस्त आम्दानी हुने वर्ष रहेको छ । वैदेशि यात्रा फलदायी हुने छैन । वर्षको पूर्वार्धमा अग्निभय,चोरभय तथा चोटपटकको संभावना रहेको छ । यी अशुभ फलबाट वच्नको लागि भगवान शिवजी पूजा अर्चना गर्नुहोला । आर्थिक दृष्टिले ज्येष्ठ,असार,कार्तिक र माघ महिना शुभ रहेकाछन् ।
    बैशाख महिनामा गलत सोचाइ आउने छ । पापकर्ममा मनजाने, कान्तिक्षय तथा कष्टकर समय व्यतित हुनेछ ।
    कन्या                            (टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)            कन्या राशिका व्यक्तिहरुका लागि सामान्य फलदायी वर्ष रहेकोछ । अढैया शनिका प्रभावले मानसिक तनाव,पारिवारीक समस्या,धनको क्षति,काममा ढीलासुस्ति जस्ता अशुभफल प्राप्त हुनेछन् । तर जन्मको शनि शुभ रहेमा  अशुभफल लाग्ने छैन । ग्रहदेखाएर शुभ÷अशुभ पत्ता लगाइ अशुभ भएमा शान्ति गराउनु होला वा शनि देवको प्रसन्नताका लागि महाकाल शनि मृत्युञ्जय स्तोत्रपाठ,पीपलको पुजा,शनिको मन्त्रजप गर्नु आवश्यक हुनेछ । शनि शुभ रहेमा शत्रु पराजित हुनेछन्, व्यवसायमा लाभ हुनेछ । विद्यार्थीहरुको अध्ययनको क्षेत्र कमजोर रहनेछ । नोकरी तथा व्यवसायीहरुका लागि फाइदाजनक वर्ष रहेको छ । वर्षको पूर्वार्धको तुलनामा उत्तरार्ध(कार्तिक देखि पछिको समय) राम्रो रहेकोछ । आर्थिक दृष्टिले असार,श्रावण,मंसिर र फाल्गुन महिना शुभ रहेकाछन् ।
    बैशाख महिनामा स्वास्थ्य संबन्धि समस्या आउने,पीडादायी समय रहेपनि पारिवारीक सुख भने प्राप्त हुनेछ ।
    तुला                            (रा,री,रु,रे,रो,ता,ती,तु,ते)
    तुला राशिका लागि २०७५ राम्रो फलदायी रहेकोछ । आर्थिक उन्नति तथा प्रगतिको योग रहेको छ । मान प्रतिष्ठा बढ्ने योग छ । कामका अवसर प्रसस्त भेटिनेछन् । अधुरा कामहरु पुराहुनेछन । विद्यार्थीहरुका लागि राम्रो वर्ष रहेको छ, पढाइमा राम्रो प्रगति हुनेछ ।  परिवारबाट सहयोग मिल्ने छ । व्यवसाय सफल रहला तर साझेदारी व्यवसाय राम्रो हुनेछैन । सामाजिक र धार्मिक काममा धेरै समय व्यतित हुनेछ । पशुपालन व्यवसाय लाभप्रद रहनेछ । वर्षको पूर्वार्धमा चोटपटक लाग्नेछ । चोरको भय हुनेछ । बुबाआमाको स्वास्थ्यमा समस्या आउनेछ । श्रीमान् श्रीमती विचको सम्बन्धमा तनाव उत्पन्न हुनेछ । वर्षको उत्तरार्ध सन्तोषजनक रहने छ । वैदेशिक कामहरु अधुरा रहनेछन् । वैतनिक कामको भार बढनेछ । आर्थिक दृष्टिले श्रावण, भाद्र,पौष र चैत्र महिना लाभदायी रहेका छन् ।
    बैशाख महिनामा अनावश्यक यात्रा हुनेछन् । वाहन तथा यानबाट हानी हुनेछ । नविन वस्त्रको प्राप्तिले मन प्रशन्न रहने छ ।
    बृश्चिक                            (तो,ना,नी,नू,ने,नो,या,यी,यू)        बृश्चिक राशिका लागि २०७५ मध्यम फलदायी वर्ष रहेकोछ । विद्यार्थीहरुका लागि अध्यनको क्षेत्र राम्रो रहेको छ । परिवारमा माङ्गलिक कार्यहरु हुनेछन् । धार्मिक यात्राको संभावना रहेकोछ । नोकरीमा अपजस खप्नु पर्ने छ । अन्त्य साढेसाती शनिका प्रभावले मानसिक तनाव,आफन्तमा वैरभाव,धनको क्षति,काममा ढीलासुस्ति, सञ्चित धनको नास जस्ता अशुभफल प्राप्त हुनेछन् । तर जन्मको शनि शुभ रहेमा  अशुभफल लाग्ने छैन । ग्रहदेखाएर शुभ÷अशुभ पत्ता लगाइ अशुभ भएमा शान्ति गराउनु होला वा शनि देवको प्रसन्नताका लागि महाकाल शनि मृत्युञ्जय स्तोत्रपाठ,पीपलको पुजा,हनुमत् आराधना,शनिको मन्त्रजप गर्नु आवश्यक हुनेछ । शनि शुभ रहेमा शत्रु पराजित हुनेछन् इच्छाएका काममा सफला मिल्नेछ । वैदेशिक यात्राबाट प्रसस्त फइदा हुनेछ । नयाँ कामको थालनि हुनेछ । आर्थिक दृष्टिले बैशाख,भाद्र आश्नि र माघ महिना शुभ रहेका छन् ।
    बैशाख महिनामा शत्रु पराजित हुनेछन् । प्रशस्त धनार्जन गर्ने अवसर प्राप्त हुनेछ । यात्रा फलदायी रहनेछ ।

    धनु                            (ये,यो,भा,भी,भू,धा,फा,ढा,भे)         धनु राशिका व्यक्तिहरुकालागि सामान्य फलदायी वर्ष रहेकोछ ।  धन आर्जनको योग बनेको छ । उपहार प्राप्त हुनेछ । अध्ययन अध्यापनको मार्ग सफलमान्न सकिन्न । मध्य शनिका प्रभावले मानसिक तनाव, पारिवारीक समस्या,धनको क्षति,काममा ढीलासुस्ति जस्ता अशुभफल प्राप्त हुनेछन् । तर जन्मको शनि शुभ रहेमा  अशुभफल लाग्ने छैन । ग्रहदेखाएर शुभ÷अशुभ पत्ता लगाइ अशुभ भएमा शान्ति गराउनु होला वा शनि देवको प्रसन्नताका लागि महाकाल शनि मृत्युञ्जय स्तोत्रपाठ,पीपलको पुजा,शनिको मन्त्रजप गर्नु आवश्यक हुनेछ । शनि शुभ रहेमा शत्रु पराजित हुनेछन् । व्यापार,कृषि तथा पशु व्यवसाय बाट राम्रो फइदा देखिए पनि खर्च धान्न कठीन हुनेछ । तीर्थस्थलका यात्राका अवसर प्राप्त हुनेछन् । सामाजिक काममा धेरै समय दिनु पर्नेछ । आर्थिक दृष्टिले असार कार्तिक मंसिर र चैत्र महिना फलदायी रहेकाछन् ।
    बैशाख महिनामा गरेका कामहरु असफलहुनाले मनमा खिन्नता उत्पन्न हुनेछ । स्वास्थ्य सम्बन्धि समस्या आउनेछ ।

    मकर                            (भो,जा,जी,खी,खु,खे,खो,गा,गी)            मकर राशिका लागि यो वर्ष ठीकै खालको रहनेछ । आद्य साढेसाती शनिका प्रभावले मानसिक तनाव, पारिवारीक समस्या,धनको क्षति,काममा ढीलासुस्ति जस्ता अशुभफल प्राप्त हुनेछन् । तर जन्मको शनि शुभ रहेमा  अशुभफल लाग्ने छैन । ग्रहदेखाएर शुभ÷अशुभ पत्ता लगाइ अशुभ भएमा शान्ति गराउनु होला वा शनि देवको प्रसन्नताका लागि महाकाल शनि मृत्युञ्जय स्तोत्रपाठ,पीपलको पुजा,शनिको मन्त्रजप गर्नु आवश्यक हुनेछ । शनि शुभ रहेमा शत्रु पराजित हुनेछन् । वैदेशिक क्षेत्रका कामहरु बन्नेछन् । विदेश यात्रा सफलहुनेछ । परिवारमा माङ्गलिक कार्य हुनेछन् । नोकरी गर्नेहरुकालागि यो साल खासै फलदायी हुनेछैन । आर्थिक स्थिति कमजोर रहनेछ । वर्षको पूर्वार्धमा पैतृक धनमा विवाद उत्पन्न हुनेछ । विद्यार्थीहरुको अध्यनको क्षेत्र राम्रो रहनेछ । व्यापार,कृषि र पशुपालन व्यवसाय सन्तोषजनक रहने छैन । आर्थिक दृष्टिले असार,कार्तिक,मंसिर र चैत्र शुभ रहेकाछन् ।
    बैशाख महिनामा विविध समस्याहरुले सताउने तथा स्वास्थ्य सम्बन्धि समस्या आउनेछ । धनार्जन हुनेछ ।

    कुम्भ                            (गू,गे,गो,सा,सी,सु,से,सो,दा)
    कुम्भ राशिलाई २०७५ साल मध्यम फल दिने खालको रहेकोछ । यस वर्ष नयाँ कामको सुरुवात हुनेछ । व्यवसायीहरुका लागि एकल भन्दा साझेदारी व्यवसाय राम्रो फइदाजनक हुनेछ । विद्यार्थीहरुको पठनपाठनको क्षेत्र साह्रै राम्रो रहेकोछ । कृषि तथा पशुपालन व्यवसायमा सामान्य लाभ मात्र प्राप्त हुनेछ । सन्तानबाट सहयोग मिल्नेछ तर पतिपत्नीमा मनमुटाब हुनेछ । अधुरा रहेका कामहरु पुरा हुनेछन् । शरिरमा घाउ खटिरा तथा चोटपटकको भय रहनेछ । विदेश यात्रा गर्न चाहनेहरुका लागि यो वर्ष सफल मान्न सकिन्न । आफन्त सँगको आर्थिक कारोवार शत्रुता वढाउनमा सहयोगि हुने भएकाले सजग रहनु होला । गुमेको धन फिर्ता आउनेछ । आर्थिक हिसाबले बैशाख,श्रावण,मंसिर र पौष धनदायक रहेकाछन् ।
    बैशाख महिनामा धनार्जनको योग राम्रो रहेकोछ । आफन्तहरुको सहयोग पूर्णरुपमा प्राप्त हुनेछ । स्वास्थ्य राम्रो रहनेछ ।
    मीन                            (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)        मीन राशिका लागि २०७५ साल समग्रमा राम्रो रहनेछ । स्वास्थ्य संबन्धि समस्याबाट छुटकारा मिल्नेछ । व्यापार व्यवसायमा विस्तार तथा प्रसस्त धनार्जनको योगछ । नयाँ कामको आरम्भ २०७५ सालले गराउनेछ । परिवारमा माङ्गलिक कार्य हुनेछन् । तीर्थयात्रा तथा लामो दूरीका यात्राहरु हुनेछन् । दाम्पत्य जिवनमा विश्वासको संकट देखा पर्नेछ । जमीन तथा सवारी साधन प्राप्तिको योग रहेकोछ । नोकरी गर्ने व्यक्तिहरुका लागि स्थान परिवर्तनको योग बनेको छ । कृषि तथा पशुपालन व्यवसायबाट प्रशस्त फाइदा हुनेछ । विद्यार्थीहरुमा आलस्य वढनाले अध्ययन कार्य अधुरो रहनेछ पढाइमा मन जानेछैन । आर्थिक दृष्टिले ज्येष्ठ,भाद्र,पौष र माघ महिना शुभ रहेकाछन् ।
    बैशाख महिनामा मनमा डर तथा भय रहिरहनेछ । काम कारोवारमा हानी हुनेछ । अनावश्यक झमेलामा परिनेछ । अन्नलाभ तथा सामान्य धनलाभको योग रहनेछ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij