बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

प्रधानमन्त्रीले सम्बोधन गरिरहेका बेला कार्यक्रमस्थलमै ढलेका वडाध्यक्षको मृत्यु

  • प्रकाशित मिति : शनिबार, बैशाख १, २०७५



  • मुगु, वैशाख १ । रारा–कर्णाली पर्यटन वर्ष–२०७४ को उद्घाटन समारोहमा सहभागी जुम्लाका एक वडाध्यक्षको शनिबार कार्यक्रमस्थलमै ढलेपछि मृत्यु भएको छ ।

    जुम्लाको कनकासुन्दरी गाउँपालिका–७ का वडाध्यक्ष कालीबहादुर घर्तीको कार्यक्रम चलिरहेकै बेला मृत्यु भएको हो ।

    ६० वर्षीय घर्ती महोत्सवमा सहभागी हुन दुई दिन हिँडेर रारा आएका थिए । स्थानीय तहको निर्वाचनमा उनी नेकपा एमालेबाट निर्वाचित भएका थिए ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले महोत्सवलाई सम्बोधन गरिरहेका बेला उनी ढलेका थिए । नजिकै रहेको स्वास्थ्य शिविरमा लैजाँदै गर्दा उनको मृत्यु भएको थियो । रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij