बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

दुर्घटनामा कुश्मा नगरपालिकाकी उपप्रमुख घाइते

  • प्रकाशित मिति : आइतवार, बैशाख २, २०७५



  • पर्वत, वैशाख २ । कास्कीको पोखरा लेखनाथ उपमहानगरपालिका ३२ तल्लो गगनगौंडामा भएको सवारी दुर्घटनामा परी पर्वतका कुश्मा नगरपालिकाकी उपप्रमुख सीता काफ्ले लामिछाने घाइते भएकी छन् ।

    काठमाडौँबाट पर्वततर्फ फर्किदै गर्दा काफ्ले सवार ना४च ५०५४ नम्बरको बोलेरो जिपलाई पोखराबाट दुलेगौडाका लागि छुटेको ना२ख ९७८९ नम्बरको ट्रकले शनिबार ठक्कर दिएको थियो ।

    जिपमा सवार उपप्रमुखसहित उनकी छोरी, यात्रु शिव क्षेत्री र चालक विनोद क्षेत्री पनि घाइते भएका छन् ।

    ट्रकको ठक्करपछि जिप सडकमा पल्टिएको थियो ।

    घाइतेको गण्डकी मेडिकल कलेज र मणिपाल शिक्षण अस्पताल पोखरामा उपचार भइरहेको छ । प्रहरीले जिप, ट्रक र ट्रकका चालकलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ । (रासस)

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij