बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

‘लिन्च स्टक मार्केट’माथि कारबाही

  • प्रकाशित मिति : मङ्लबार, बैशाख ४, २०७५



  • काठमाडौं, वैशाख ४ । नेपाल धितोपत्र बोर्डले डिम्याट खाता तथा ग्राहक परिचय विवरणमा त्रुटि गरेको भन्दै ‘लिन्च स्टक मार्केट’माथि कारबाही गरेको छ ।

    बोर्डले गरेको छानबिनमा लिन्च स्टकले हितग्राही खाता खोल्दा प्राप्त विवरण तथा कागजातको आवश्यक जाँचबुझ गरेको नदेखिएको र ग्राहक परिचय विवरणमा त्रुटि देखिएसँगै सो कम्पनीलाई ५० हजार रुपैयाँ आर्थिक जरिवाना गरिएको जनाइएको छ ।

    बोर्डले बजारमा भएको विकाससँगै नियमन तथा सुपरिवेक्षण कार्यलाई सुदृढ तथा प्रभावकारी बनाउँदै लैजानेक्रममा धितोपत्रसम्बन्धी कानुनको परिपालनालाई थप कडाइ/सशक्त बनाउँदै आएको पनि जनाएको छ ।

    यस्ता कारबाहीबाट लगानीकर्ताको हक–हित संरक्षण गर्दै दोस्रो बजार कारोबार थप स्वच्छ र पारदर्शी हुन सहयोग पुग्ने बोर्डको अपेक्षा रहेकोे छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij