प्रकाशित मिति : शुक्रबार, बैशाख ७, २०७५
आज मिति – २०७५/०१/०८ गते शनिवार तदनुसार २१ अप्रिल २०१८ बैशाख शुक्ल पक्ष षष्ठी तिथि राति २० : ५४ बजे सम्म । आजको नक्षत्र आद्र्रा राति २२ : ०८ बजे सम्म ।
कपिलदेव सुवेदी उप–प्रा. नेपालसंस्कृत विश्वविद्यालय सिद्धान्त ज्यौतिषाचार्य,वास्तु तथा फलितविद् ज्यौतिष परामर्श केन्द्र वेष्टर्न डेभलोपमेन्ट बैक संग सटेको घरमा बिजौरी,दाङ ९८४७८२२७११,९८६८६५११२१, ९८४७८३३६२३
मेष (चु,च,ेचो,ला,ली,लु,ले,लो,अ) आकस्मिक धनलाभ हुने योग छ । उत्तमवस्त्रादिको प्राप्तिले मन प्र्रसन्न रहने छ । स्वास्थ्यमा देखिएको समस्याबाट छुट्कारा मिल्ने छ । शत्रु पराजित हुनेछन ।
बृष (ई,उ,ए,ओ,वा,वी,वु,वे,वो) मनमा सन्तोष बढने छ । स्वास्थ्य सम्बन्धि समस्या समाधान हुनेछ । अनावश्यकरुपमा धनक्षय हुनेछ । आज दुखद् यात्रा हुन सक्ने छ ।
मिथुन (का,की,कु,घ,ङ,छ,के,को,हा) रोगबाट छुट्कारा मिल्ने छ । सत्कार तथा मान सम्मान प्राप्त हुने छ । स्त्रीसुख प्राप्त हुने छ । मिष्ठान्न भोजन प्राप्त हुने छ । अन्नलाभ हुनेछ ।
कर्कट (ही,हु,हे,हो,डा,डी,डु,डे,डो) आफन्त वा प्रियजन संगको विछोडका कारण मन खिन्न रहनेछ । शारीरिक समस्याले मनमा चिन्ता उत्पन्न गराउने छ । आफन्तहरुबाट असहयोग प्राप्त हुने छ । धैर्य गर्नुहोला ।
सिंह (मा,मी,मु,मे,मो,टा,टी,टु,टे) कामहरु बन्दै जानाले सुखको अनुभुति गर्न पाउनु हुनेछ । आफन्तहरु तथा मित्रहरु संग मिलनको योग छ । मीठो भोजन तथा धन प्राप्त हुनेछ । पराक्रम बढनेछ ।
कन्या (टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) मनले चिताएको काममा सफलता मिल्ने योग छ लक्ष्यमा मेहनत गरेर लाग्नु होला । रोकिएका कामहरु पुराहुनेछन् । व्यवसायबाट सफलता मिल्नेछ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तु,ते)
सरकारी झमेलामा पर्नसक्ने दिन रहेकोछ सतर्क रहनु होला । परिवारसंग मतभेदका कारण विवाद हुन सक्नेछ । रोजगारी तथा व्यवसायमा घाटाहुन सक्नेछ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) पेटजन्य रोगका कारण स्वास्थ्य खराव हुन सक्ने छ । मनमा चिन्ता बढने छ । वादविवाद हुन सक्नेछ सतर्क रहनु होला । आज चोटपटकको संभावना रहेकोछ ।
धनु (ये,यो,भा,भी,भू,धा,फा,ढा,भे)
आर्थिक उन्नति तथा प्रगतिको योग रहेको छ । मान प्रतिष्ठा बढ्ने योग छ । मीष्ठान्न भोजन प्राप्त हुने छ । प्रेमीकाबाट सहयोग मिल्ने छ ।
मकर (भो,जा,जी,खी,खु,खे,खो,गा,गी) आकस्मिक धनप्राप्तिको योग छ । यश प्राप्तहुनेछ । श्रीमती ÷ प्रेमीकाबाट राम्रो सहयोग प्राप्त हुनेछ । शत्रु परास्त हुनेछन् । स्वास्थ्य राम्रो रहने छ ।
कुम्भ (गू,गे,गो,सा,सी,सु,से,सो,दा)
मेहनतसाथ गरेको कामपनि विग्रने छ । यात्रा अर्थपूर्ण हुने छैन । धनक्षयको योग बनेको छ । चीसोको कारणले वायु विकारको योग वनेको छ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) भाइवन्धुहरु संग झगडा हुनसक्छ व्यवहार गर्दा सजग रहनुहोला । पेट सम्बन्धी समस्या देखिन सक्नेछ । आज नयाँ कामको थालनि नगरेको राम्रो काम विग्रनेछ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij