आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

कांग्रेस नेतृ न्यौपानेले भनिन् : माफ गर्नुस रामचन्द्र दाइ तपाईंले गल्ति गर्नुभो

  • प्रकाशित मिति : आइतवार, बैशाख ९, २०७५



  • चुनावी समिक्षाका लागि बसिरहेको कांग्रेस केन्द्रीय समिति वैठकमा आइतबार आफ्नो मन्तव्य राखेका सदस्यहरुले हारको जिम्मेवारी नेतृत्वले मात्र नभएर  सबैले लिनुपर्ने बताएका छन्।

    केन्द्रीय सदस्य इश्वरी न्यौपानेले रामचन्द्र पौडेललाई सम्बोधन गर्दै पहिले सहमति गर्ने र पछि दोष दिने काम नगर्न आग्रह गरिन्। पौडेलले पार्टी सभापति देउवालाई लेखेको चिठी सार्वजनिक गरेकोमा पनि उनले आपत्ति जनाइन्।

    ‘केन्द्रीय समितिमा छलफलै नगरि चिठीलेखेर सार्वजनिक गर्नुभो। माफ गर्नुहोला रामचन्द्र दाइ तर तपाईंले गल्ति गर्नुभो।’ उनले भनिन्, ‘पहिले दुवै बसेर सहमतिमै निर्णय गर्नुहुन्थ्यो। त्यसरी चिठी नै लेखेपछि सार्वजनिक गर्नुभन्दा दुवै नेताहरु बसेर छलफल गर्नुपर्थ्यो।’

    अर्का केन्द्रीय सदस्य देवेन्द्र राज कँडेलले तीन तीनवटा चुनाव गराएको जस पार्टी सभापतिलाई नदिएर सबैले हारको दोषमात्र दिएको भन्दै गुनासो गरे।

    ‘स्थानीय र प्रतिनिधिसभा चुनाव गराएको श्रेय नदिने दोषमात्रै दिने? श्रेय र दोष दुवै दिउँ न,’ उनले भने।

    केन्द्रिय सदस्य कुलबहादुर गुरुङले नेतृत्वको गल्तिमा चुपचाप बसेको भन्दै सबै केन्द्रिय सदस्यहरु पनि चुनावी हारमा बराबर जिम्मेवार भएको बताएका छन्।

    ‘संसदीय समिति बनाउँदा विधानमा तोकीएको भन्दा बढी बनाइयो हामी केन्द्रीय सदस्यहरु चुप बस्यौँ।टिकट वितरण मिलेन हामी चुप बस्यौँ नेतृत्व र केही नेताले गरेका काम चुपचाप लागेर हेर्‍यौँ पार्टी हारेपछि एकअर्कालाई दोष थोपर्दै बसेका छौँ। सामुहिकरुमा जिम्मेवारी कसैले लिएका छैनौँ। अब त्यो जिम्मेवारी लिएर अघि बढ्नुपर्छ,’ उनले भने।

    उनले १३ औं महाधिवेशनमा सभापतिका लागि देउवालाई दिएको समर्थन पनि फिर्ता गरेको घोषणा गरेका छन्।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij