बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

टाटासुमोको ठक्करबाट मृत्यु

  • प्रकाशित मिति : मङ्लबार, बैशाख ११, २०७५



  • बारा, वैशाख ११ । जीतपुर–सिमरा उपमहानगरपालिका–१५, डुमरवानामा टाटासुमोको टक्करबाट मंगलबार एकजनाको मृत्यु भएको छ ।

    इलाका प्रहरी कार्यालय सिमराकाअनुसार टाटासुमोको ठक्करबाट स्थानीयवासी नन्दु चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    डुमरवानाबाट सिमरातर्फ आउँदै गरेको ना१ज ७४९७ नम्बरको सुमोले विपरीत दिशातर्फ जाँदै गरेको ना१८प ८१०५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा चौधरी घाइते भएका थिए ।

    घाइते चौधरीको उपचारका लागि वीरगन्जस्थित हेल्थ केयर लगिएपनि उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाडौं पठाइएकामा बाटामै मृत्यु भएको प्रहरीले जनाएको छ । रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij