बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

चार करोड हिनामिना गरेको आरोपमा लेखा अधिकृत पक्राउ

  • प्रकाशित मिति : बिहिबार, बैशाख १३, २०७५



  • उदयपुर, वैशाख १२ । कटारी नगरपालिकाका लेखा अधिकृत रवीनचन्द्र ढकाललाई रु चार करोड रकम हिनामिना गरेको आरोपमा बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ ।

    कटारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्रकुमार श्रेष्ठकाअनुसार ढकालले नगरपालिकाअन्तर्गत् वितरण हुने सामाजिक सुरक्षा भत्ताका लागि विनियोजन भएको रु चार करोड हिनामिना गरेको आरोपमा बुधबार साँझ अख्तियारको टोलीले पक्राउ गरेको हो ।

    उनले भने–‘सामाजिक सुरक्षा भत्ताको कोषमा रहेको रु चार करोड हिनामिना भएको पाएँ । आफैंले अख्तियारलाई खबर गरेर भर्खरै पक्राउ गर्न लगाएको छु । अब सबै कुराको खोजी हुन्छ ।’

    सामाजिक सुरक्षा भत्ताको रु चार करोड राष्ट्रिय वाणिज्य बैंक कटारीमा जम्मा भएको र उक्त रकम ढकालले कटारी नगरपालिकाका कार्यकारी अधिकृत पुण्यप्रसाद लुइँटेलको कीर्ते सही गरेर काठमाडौंको थापाथलीस्थित राष्ट्रिय वाणिज्य बैंकबाट निकालेको खुलेको प्रमुख श्रेष्ठले बताए ।

    बैंकको खातामा तीन दिनदेखि रकम नभएको र लेखा अधिकृत ढकालसमेत फरार रहिआएका थिए ।

    बुधबार काठमाडौंबाट ढकाललाई पक्राउ गरिएको हो । रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij