बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

पाँचथरमा औषधि अभाव, विरामी मारमा

  • प्रकाशित मिति : शुक्रबार, बैशाख १४, २०७५



  • पाँचथर, बैशाख १४ । जिल्ला अस्पताल पाँचथरसहित जिल्लाका अन्य स्वास्थ्य संस्थामा सरकारले निःशुल्क वितरण गर्ने मध्येका ३० प्रकारका औषधिको अभाव भएको छ ।

    पाँचथर, बैशाख १४ । जिल्ला अस्पताल पाँचथरसहित जिल्लाका अन्य स्वास्थ्य संस्थामा सरकारले निःशुल्क वितरण गर्ने मध्येका ३० प्रकारका औषधिको अभाव भएको छ ।

    विगतमा मेडिकल स्टोर, क्षेत्रीय स्वास्थ्य निर्देशनालय र जिल्ला स्वास्थ्य कार्यालयबाट औषधि किन्ने गरिएको थियो । पुनर्संरचनापछि स्थानीय तहहरुले औषधि किन्नुपर्ने व्यवस्था भएको छ ।

    तर, स्थानीय तहले औषधि खरिदमा ढिलाई गर्दा औषधि अभाव भएको जिल्ला स्वास्थ्य कार्यालय पाँचथरले जनाएको छ ।

    स्थानीय तहबाट औषधि खरिद गर्ने प्रकृयामा अन्यौल हुनुका साथै औषधि किन्न स्थानीय तहहरुले जिल्ला स्वास्थ्य कार्यालयसँग समन्वय नगर्दा औषधि अभाव भएको हो ।

    जिल्ला स्वास्थ्य कार्यालय पाँचथरका निमित्त प्रमुख डा.भुपाल श्रेष्ठले अरु जिल्लामा जस्तो औषधिको अभाव चरम अवस्थामा नरहेपनि अभाव भने रहेको बताए ।

    अत्यावश्यक औषधि भने मौज्दात रहेको श्रेष्ठको भनाई छ ।

    औषधि अभाव हुन नदिन प्रत्येक स्वास्थ्य संस्थालाई मिलाएर औषधि वितरण गरिएको कार्यालयका नायव सुब्बा हेम ढुंगानाले जानकारी दिए ।

    अहिले आह्वान भइसकेको टेन्डरको अख्तियारी नभएमा औषधि नआउने र त्यसपछि भने औषधिको चरम अभाव हुनसक्ने डा.श्रेष्ठको भनाइ छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij