आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

मुक्तिनाथमा मोदी स्वागतको तयारी

  • प्रकाशित मिति : मङ्लबार, बैशाख १८, २०७५



  • भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणमा लागि मुस्ताङको मुक्तिनाथमा तयारी तीव्र पारिएको छ।

    ‘औपचारिक रूपमा निर्देशन आएको छैन, तर अनौपचारिक रूपमा उहाँ आउने भनेपछि हामीले तयारी थालेका छौं,’ मुस्ताङका प्रमुख जिल्ला अधिकारी शिशिर पौडेलले भने, ‘हेलिप्याड बनाउनेदेखि मन्दिर श्रृंगार गर्ने काम भइरहेको छ।’

    वैशाख २८ गते दुई दिने नेपाल भ्रमणमा आउन लागेका मोदी मुक्तिनाथ पनि जाने कार्यक्रम तय भएको गृहमन्त्री रामबहादुर थापाले  सार्वजनिक गरिसकेका छन्।

    बेनी–जोमसोम सडकको मर्मत, मुक्तिनाथ मन्दिर छेउको भिआइपी कक्ष, हेलिप्याडदेखि मन्दिरसम्म आउने बाटो बनाउने काम अहिले धमाधम भइरहेको प्रजिअ पौडेलले जानकारी दिए।

    ‘प्रदेश सरकार र केन्द्रीय मन्त्रालयबाट आएको अनौपचारिक निर्देशन अनुसार सुरक्षाको पनि व्यवस्था गरेका छौं,’ प्रजिअ पौडेलले भने, ‘भारतीय सुरक्षा टोली पनि आउने सुनिएको छ। त्यसपछि धेरै कुरा टुंगो लाग्छ।’

    प्रधानमन्त्री भएपछि तेस्रो पटक नेपाल आउन लागेका मोदी २८ गते बिहारको पटनाबाट हेलिकप्टरमा जनकपुर पुग्नेछन्।
    त्यहाँ उनलाई नागरिक अभिनन्दन गरिनेछ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij