बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

एनआरटीका उपाध्यक्ष तथा पूर्व क्रिकेटर विनयवर सिंह रहेनन्

  • प्रकाशित मिति : मङ्लबार, बैशाख १८, २०७५



  • न्यूरोड टीम (एनआरटी) क्लबका वरिष्ठ उपाध्यक्ष विनय सिंह प्रधानको निधन भएको छ।

    ए डिभिजन क्लब एनआरटीका अध्यक्ष दीपकहर्ष बज्राचार्यका अनुसार पूर्व क्रिकेट खेलाडीसमेत रहेका प्रधानको ब्रेन ह्यामरेजका कारण आइतवार साँझ निधन भएको हो।

    त्रिपुरेश्वरबाट सितापाइला घर हिँडेका प्रधानले चलाएको स्कुटर कालीमाटी नजिकै अनियन्त्रित भई पल्टिएको थियो। त्यसपछि घाइते भएका उनलाई उपचारका लागि ट्रमा सेन्टर पुर्‍याउँदा मृत्यु भएको बज्राचार्यले जानकारी दिए।

    प्रधानको पार्थिव शरीरलाई सोमबार श्रद्धान्जलीका लागि त्रिपुरेश्वरस्थित एनआरटी परिसरमा केही बेर राखेर पशुपतिमा अन्त्येष्टि गरिएको हो।

    एनआरटीको काठमाडौं खेल मण्डलबाट लामो समय क्रिकेट खेलेका प्रधान काठमाडौं जिल्ला क्रिकेट संघका उपाध्यक्ष हुन् । उनी सफ्ट टेनिसका पूर्व महासचिव पनि हुन् । उनकी श्रीमती र दुई छोरी छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij