आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

आन्तरिक विमानस्थल बनाउन काभ्रेका ३ डाँडामा मन्त्रीको अवलोकन

  • प्रकाशित मिति : बुधबार, बैशाख १९, २०७५



  • संघीय राजधानी सहर काठमाडौंमा रहेको विमानस्थलको आन्तरिक उडान गर्ने छुट्टै विमानस्थल निर्माणको ठाउँ खोज्दै पर्यटन मन्त्री रविन्द्र अधिकारीले काभ्रेपलान्चोकका ३ डाँडा अवलोकन गरेका छन्।

    विगत लामो समयदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट केही आन्तरिक उडान छुट्याएर ट्राफिक चाप कम गर्ने भन्दै बेकल्पिक आन्तरिक विमानस्थल बनाउने चर्चा चल्दै आएपनि यसपटक भने मन्त्री आफै चर्चा चलेका ठाउँमा पुगेर फर्किएका छन्।

    बनेपाको नागिडाँडा, धुलिखेलका ठुलीचौर र चिसापानी ठुलीचौरमा मन्त्रीले स्थलगत अवलोकन र स्थानीयसँग अन्तरक्रिया पनि गरेका छन्।
    राजधानी सहरमा रहेको विमानस्थल साँघुरो भएका काराण बैकल्पिक विमानस्थल आवस्यक भएको तर उपयुक्त ठाउँमो खोजी र स्थानीयको राय बुझ्न अवलोकनमा पुगेको मन्त्री अधिकारीले बताए।

    ‘उपयुक्त स्थानको खोजी र त्यहाँका स्थानीय जनताको धारण बुझ्रन म यहाँ आएको हुँ’ अधिकारीले भने।

    तीनै ठाउँमध्ये धुलीखेलको ठुलीचौर र बनेपाको नागिडाँडामा सम्भाव्यता अध्ययन भइसकेको छ।

    नागिडाँडामा बन्ने विमानस्थलकाे स्केच

    यसअघि भएका सम्भाव्यता र त्यहाँको स्थानीय वातावरणअनुसार अबको १५ दिनभित्र उपयुक्त ठाउँको टुंगो लगाउने मन्त्री अधिकारीले बताए।
    समथर भूभाग देख्नेवित्तकै विमानस्थल बनाउने प्रस्ताव आइहाल्ने नागरिक उड्डयन प्राधिकरणमा चर्चा चल्ने गरेको छ।

    तर काभ्रेमा विमानस्थल बनाउने भनेर चर्चा गरिएको ठाउँ भने समथर होइन डाँडाको टाकुरामा रहेका छन्।

    पूर्वसम्भाव्यता गरिएको नागिडाँडा र ठुली चौरमा ३० मिटरसम्मको डाँडा खनेर तलबाट वाल लगाएरमात्र विमानस्थल बनाउन सकिने देखिएको नागरिक उड्डयन प्राधिकरणका माहानिर्देशक संजिव गौतमले जानकारी दिए।

    त्यसमध्ये धुलीखेलका ठुली २ ठाउँमा भने स्थानीयको विरोध रहेको छ। शैक्षिक र हस्पिटल सिटीको रुपमा विकास हुँदै गरेको धुलीखेलमा विमानस्थल बनाउन नदिने भन्दै स्थानीयहरु विरोधमा उत्रिएका छन्।

    धुलिखेलकाे ठुलीचाैर

    धुलीखेलका २ ठाउँमा स्थानीयको विरोध देखिएपछि प्राधिकरणले बनेपाको नागिडाँडामा सम्भाव्यता अध्ययन गराएको छ।

    सम्भावित ३ अर्ब लगानीमा ८ सय टिर धावनमार्ग भएको विमास्थल बनाउन सकिने उक्त अध्ययनबाट देखिएको गौतमले जानकारी दिए।

    कूल ५ सय रोपनी जग्गामा बन्ने भनिएको उक्त ठाउँमा २७० रोपनी बन क्षेत्र पर्छ भने ११५ रोपनी व्यक्तीगत छ। व्यक्तीगत भनिएको जग्गा पनि दुईजनाकोमात्र भएकोले अधिग्रहणमा पनि सजिलो हुने अधिकारीहरुको भनाइ छ।

    मन्त्रीले विमानस्थल बनाउने र त्यसको लागि १५ दिनभित्र ठाउँ पहिचान गर्ने बताएपनि काभ्रेमा विमानस्थल बनाएमा त्यसको उपयोगिता कति हुने भन्नेमा प्रश्न उब्जिएको छ।

    काभ्रेका कुनै पनि डाँडामा बन्ने भनिभएका विमानस्थलबाट हेलिकप्टर र साना जहाजलेमात्र उडान गर्नसक्छन्। जसको अर्थ दुर्गम क्षेत्रमा उडान गर्ने ठाँहरुमा मात्र त्यहाँ बन्ने विमानस्थलले विकल्प दिनसक्छन्।

     

    अहिले पनि काठमाडौंबाट दुर्गममा उडान हुने लुक्ला, तुम्लिङटार लगायतका केही सिमित विमानस्थलमात्र हुन्।

    काभ्रोमा विमानस्थल बनिहाले पनि ठुला जहाजबाट उडान हुने रुटमा त्यहाँबाट उडान सम्भव नहुने, आन्तरिक विमानस्थल राजधानी सहरभन्दा धेरै टाढा हुने लगायतका कारणले बनिहाले पनि त्यसले सफलता पाउनेमा नागरिक उड्डयन प्राधिकरणकै अधिकारीहरुको शंका छ।

    तर मन्त्री अधिकारी भने नागरिक उड्डयन प्राधिकरणले यसअघि नै गरेका अध्ययनबाट विमानस्थल बनाउन सम्भव देखिएको र यसले साना जहाजको कारणले अन्तर्राष्ट्रिय उडानमा हुने प्रभाव कम गर्न भएपनि जसरी पनि बनाइ छाड्ने बताउछन्।

    तर नागरिक उड्डयन प्राधिकरणले यसअघि गरेका अध्ययन पूर्वसम्भाव्यता अध्ययन हो जसबाट प्राविधिकरुपमा विमानस्थल बनाउन सकिन्छ कि सकिंदैन भन्नेमात्र हो जसले व्यवसायिकरुपमा सम्भव छ कि छैन भन्ने कुनै अध्ययन गरेको छैन।

    यसअघि काभ्रेमै विमानस्थलको सम्भाव्यता भन्दै करोडौं रुपैयाँ प्राधिकरणले खर्च गरिसकेको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij