बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

धनकुटाको चुलिवनमा पार्क निर्माण, प्याराग्याइडिङ उडाउने तयारी

  • प्रकाशित मिति : बुधबार, बैशाख १९, २०७५



  • धनकुटा, बैशाख १९ । धनकुटा नगरपालिका नगर क्षेत्रको पर्यटन विकासका लागि सम्भावित स्थलको खोजीमा लागेको छ ।

    सदरमुकामस्थित चुलिबन क्षेत्रमा लाखौ रुपैयाँ खर्च गरी पार्क निर्माणमा लागेको नगरपालिकाले चुलिबनमै प्याराग्लाइडिङ उडाउने तयारीसमेत गरेको छ ।

    चुलिबनबाट प्याराग्लाइडिङ गरेर तमोरको किनारमा अवतरण गराउने तयारी गरिएको हो ।

    धनकुटा नगरपालिकाको अगुवाइमा प्याराग्लाइडिङ उडानको परीक्षणका लागि केही दिनअघि एउटा टोली नै पुगेको थियो ।

    तर प्राविधिक समस्याका कारण सो टोलीले परीक्षण गर्न भने पाएको थिएन ।

    केही दिनपछि पुनः सोही टोलीले प्याराग्लाइडिङको परीक्षण गर्ने मेयर चिन्तन तामाङले जानकारी दिए ।

    यता नगरपालिकाकै अगुवाइमा तमोर नदीको याक्चनाबाट मूलघाटसम्म र्‍याफ्टिङको समेत परीक्षण गरिएको छ ।

    प्राविधिकहरुले तमोर नदीको ८ किलोमिटर दुरी र्‍याफ्टिङका लागि उपयुक्त भएको ठहर गरेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij