आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

पार्टी एकताबारे एमाले र माओवादी केन्द्र आन्तरिक छलफलमा, बैठक बोलाइयो

  • प्रकाशित मिति : बुधबार, बैशाख १९, २०७५



  • काठमाडौं, बैशाख १९ । नेकपा एमाले र नेकपा माओवादी केन्द्र पार्टी एकताका विषयमा आन्तरिक छलफलमा जुटेका छन् ।

    एकता प्रक्रियाले गति लिन नसकिरहेका बेला दुई पार्टी आन्तरिक छलफलमा जुटेका हुन् ।

    एमालेले आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा स्थायी कमिटीको बैठक बोलाएको छ ।

    त्यसैगरी माओवादी केन्द्रको सचिवालय बैठक पनि अहिले बस्दै छ ।

    दुवै पार्टीको आन्तरिक बैठकमा एकता प्रक्रियामा देखिएको गतिरोधका विषयमा छलफल हुने नेताहरुले बताएका छन् ।

    आन्तरिक छलफलले एकताको बिन्दू पहिल्याउने अपेक्षा दुवै दलले गरेका छन् ।

    पार्टी एकताका लागि यसअघि दुवै दलका अध्यक्षबीच पटकपटक छलफल भए पनि ठोस सहमति जुट्न सकेको छैन ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij