बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

१० वर्ष जेल बसेर छुटेका पौडेल फेरि उही पेसामा!

  • प्रकाशित मिति : बुधबार, बैशाख १९, २०७५



  • ठूलो परिमाणमा अवैध लागूऔषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

    नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोले कलंकीबाट ३ हजार एम्पुल अवैध लागूऔषधसहित रामेछाप लिखु गाँउपालिका १ का ३२ वर्षीय केशव पौडेललाई पक्राउ गरेको हो।

    पौडेललाई बुधबार कलंकीको बाबा पेट्रोल पम्प छेउबाट एक हजार एम्पुल डाइजेपाम,एक हजार एम्पुल बुप्रेनोर्फिन र एक हजार एम्पुल फेनारगनसहित पक्राउ गरेको ब्यूरोले जनाएको छ।

    पक्राउ परेका पौडेल यसअघि पनि अवैध लागूऔषध खैरो हिरोइनको मुद्दामा १० वर्ष जेल सजाय भुक्तान गरी गएको असोज १ गते छुटेको ब्यूरोले जनाएको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij