बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

एक पुरुष मृत फेला

  • प्रकाशित मिति : बुधबार, बैशाख १९, २०७५



  • राजविराज, वैशाख १९ । सप्तरीको रुपनी गाउँपालिका–६ स्थित खाँडोपुलनजिक बुधबार एक पुरुष मृत अवस्थामा फेलापरेका छन् ।

    नाम, थर खुल्न नसकेका करिब ३३ वर्षीय पुरुष मृत अवस्थामा फेलापरेको इलाका प्रहरी कार्यालय रुपनीले जनाएको छ ।

    शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा राखिएको छ भने घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij