आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

बझाङका गाउँमा खानेपानीको हाहाकार, धारामा पालो मिच्दा महिलाहरुबीच झगडा

  • प्रकाशित मिति : बिहिबार, बैशाख २०, २०७५



  • बझाङ, बैशाख २० । बझाङको केदारस्यु गाउँपालिकामा खानेपानीको हाहाकार भएको छ । खानेपानी नहुँदा यहाँका बासिन्दा खोलाको प्रदूषित पानी पिउन वाध्य छन् ।

    केदर स्यु गाँउपालिका–७ भामचौरका बासिन्दालाई खानेपानीको चरम समस्या भएकोहो । सय परिवारभन्दा बढी बसोबास भामचौरमा खानेपानी नहुँदा खोलाबाट धमिलो तथा प्रदूषित पानी ल्याएर पिउन बाध्य छन् ।

    गाँउमा भएका धारामा पानी नै आउने गरेको छैन । स्थानीयबासिन्दा पानी कै लागि बिहान सबेरैदेखि भाँडाकुँडा बोकेर दौडिरहेका देखिन्छन् ।

    पानीकै कारण समस्या झेल्दा बालबालिकाको पढाइसमेत प्रभावित भएको छ । खानेपानीको चरम समस्या हुँदा पनि जनप्रतिनिधिले बेवास्ता गरिरहेको गुनासो स्थानीयको छ ।

    धारामा खानेपानी न आउने र पालो कुर्नुपर्ने भएपछि धेरैजसो समयमा पानी भर्ने बेलामा पालो मिचेको भन्दै महिलाहरुबीच पटकपटक झगडासमेत हुने गरेको छ ।

    बिहानैदेखि पालो कुरेर बसे पनि धारामा नियमित पानी आउँदैन । खानेपानीको मुहान सुकेका कारणले पानी आउन छाडेको हो । स्थानीय बासिन्दा गाउँ नजिकको खोलाबाट धमिलो र फोहोर पानी पिउन बाध्य छन् ।

    खोला पनि गाँउभन्दा अलि टाढा भएकाले एक गाग्री पानी लिन दुई घन्टाभन्दा बढी समय लगाउनुपर्ने बाध्यता रहेको केदार स्यु गाउँपालिका–७ का वडाअध्यक्ष धर्मराज भट्टले समेत बताए ।

    गत स्थानीय तहको निर्वाचनमा यहाँका उम्मेदवारले खानेपानीलाई प्रमुख प्राथमिकतामा राखेका थिए । उनीहरुले मत माग्न जाँदा घरघरमा खानेपानीको व्यवस्था गरिदिने प्रतिबद्धता व्यक्त गरेका थिए ।

    तर अहिले यहाँको समस्याप्रति निर्वाचितहरु उदासिन देखिएका छन् । गाउँमा भएको खानेपानीको समस्या समाधान गर्न सम्बन्धित निकायले तत्काल ध्यान दिनु आवश्यक छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij