आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

तीन हजार ९४ बोट केरा फाँडेको आरोपमा तीनजना पक्राउ

  • प्रकाशित मिति : बिहिबार, बैशाख २०, २०७५



  • चितवन, वैशाख २० । पूर्वी चितवनको कालिका नगरपालिका–६ का किसानको केरा खेती फाँडेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

    चितवनका प्रहरी उपरीक्षक दीपक थापाका अनुसार कालिका नगरपालिका–७ बाट बुधबार उनीहरु पक्राउ परेका हुन् । घटनामा संलग्न मुख्य मान्छे भने फरार रहेकाले खोजी कार्य तीव्र पारिएको थापाले जानकारी दिए ।

    उनीहरुको पहिचान भने खुलाइएको छैन ।

    प्रारम्भिक जानकारीअनुसार लागूपदार्थ (नशा)को सुरमा उनीहरुले केरा काटेर नष्ट गरेको जानकारीमा आएको भन्दै थापाले अन्य कारण बारेमा अनुसन्धान भइरहेको बताए ।

    सो घटनाको अनुसन्धान तथा दोषीलाई पक्राउ गरी कारबाहीका लागि इलाका प्रहरी कार्यालय, रत्ननगरका प्रहरी नायब उपरीक्षक वासुदेव खतिवडाको नेतृत्वमा टोली परिचालन गरिएको छ । पक्राउ परेका तीनैजना रत्ननगर प्रहरीको हिरासतमा छन् ।

    अज्ञात समूहले सोमबार राति १२ जना केरा किसानको तीन हजार ९४ बोट केरा बगानमै पसेर नष्ट गरेको थियो । अनुमानित रु १५ लाख ४७ हजारको केरा नष्ट भएको जानकारी दिँदै चितवन केरा उत्पादक संघका अध्यक्ष विष्णुहरि पन्तले दोषी पत्ता लगाई कारबाहीको माग गरेका छन् ।

    केरा किसान नवराज धितालको १५० बोट, शोभा भट्टको ६०० बोट, झलक सुवेदीको ३००, देवीप्रसाद गोतामेको ५०, शंकर अम्गाईको २५० र ध्रुव आचार्यको ३५ बोट केरा नष्ट भएको छ ।

    यस्तै, कोपिला दाहालको एक हजार २००, गोपी लामिछानेको २००, गोविन्द दाहालको ५०, लिला पंगेनीको १५०, पूर्णबहादुर खड्काको ९७ र भूमिनन्द दवाडीको १२ बोट केरा नष्ट भएको संघले जनाएको छ । (रासस)

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij