आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

फोरमको प्रथम महाधिवेशन २७ माघदेखि जनकपुरमा हुने

  • प्रकाशित मिति : शनिबार, बैशाख २२, २०७५



  • संघीय समाजवादी फोरमले प्रथम महाधिवेशन २७ माघदेखि २९ सम्म जनकपुरमा गर्ने निर्णय गरेको छ। फोरमको छैटौँ केन्द्रीय समितिको बैठकले शुक्रबार पार्टीको सांगठनिक प्रतिवेदन पारित गर्दै यस्तो निर्णय गरेको हो ।

    १९ वैशाखबाट सुरु भएको फोरमको केन्द्रीय समिति बैठकले राजनीतिक प्रतिवेदन भने पास गरिसकेको छ। राजनीतिक प्रतिवेदनमा सरकारमा सहभागिताको विषयलाई समेटिएको छ ।

    बैठकको पहिलो दिनदेखि नै संविधान संशोधनको बारेमा ठोस ढंगले उठेको आवाजलाई मूर्त रुप दिँदै संविधान संशोधनबारे सरकारसँग लिखित एवं सार्थक सहमति नभएसम्म सरकारमा नजाने प्रष्ट पारेको छ।

    सहअध्यक्ष राजेन्द्र श्रेष्ठले प्रस्ततु गरेको राजनीतिक प्रतिवेदन, महासचिव रामसहाय प्रसाद यादवले प्रस्तुत गरेको सांगठनिक प्रतिवेदन र महासचिव रणध्वज कंदङवाद्धारा प्रस्तुत कार्यसम्पादन प्रतिवेदन सर्वसम्मतले पारित भएको छ ।

    तीनकुनेमा केन्द्रीय कार्यालय रहेको फोरम नेपालले ललितपुर महानगरपालिका वडा नं. १४ स्थित रानीबुँमा पार्टीको भवन निर्माण गर्ने निर्णय गर्‍यो। पार्टीको नाममा हालै खरिद गरिएको सो जग्गामा भवन निर्माणको लागि वरिष्ठ नेता अशोक कुमार राईको संयोजकत्वमा सह–अध्यक्ष श्री राजेन्द्र प्रसाद श्रेष्ठ समेत रहने गरी ७ सदस्यीय ‘पार्टी केन्द्रीय कार्यालय भवन निर्माण समिति’ गठन गरिएको छ ।

    प्रदेश नं. २ को पर्सा जिल्ला, वीरगंज महानगरपालिकामा पार्टीको केन्द्रीय स्तरको पार्टी प्रतिष्ठान एवम् प्रशिक्षण केन्द्र भवन निर्माण भयो ।

    मधेशी, आदिवासी जनजाति लगायतका विभिन्न समुदायहरुको सामाजिक सांस्कृतिक एवम् धार्मिक पहिचानसँग सम्बन्धित रहेको राष्ट्रिय बिदाहरु कटौती गर्ने सरकारको निर्णय गलत भएको निष्कर्ष निकाल्दै सो निर्णयलाई फिर्ता लिन बैठकले सरकारसँग माग गरेको छ ।

    बैठकले नेपालको संविधानको धारा ५६ को उपधारा (५) मा भएको व्यवस्था अनुसार स्वायत्त क्षेत्र, विशेष क्षेत्र र संरक्षित क्षेत्र स्थापना गरी सोको क्षेत्राधिकार समेतको व्यवस्था गर्न माग गरेको छ । त्यस्तै, जन्मसिद्ध नागरिकता प्राप्त गरिसकेका नेपाली नागरिकहरुका सन्तानलाई वंशजको आधारमा नेपाली नागरिकता दिइनु पर्ने समेत आवाज उठाएको छ ।

    नीति, सिद्धान्त मिल्ने पार्टी वा संगठनहरुसँग पार्टीगत एकता र मुद्दा मात्र मिल्ने शक्तिहरुसँग कार्यगत एकता एवं मोर्चागत रुपमा अगाडि बढ्ने पार्टीको नीतिलाई निरन्तर रुपमा जारी नै राखिरहने निर्णय भएको छ ।

    यसैगरी, फोरम नेपालको केन्द्रीय बैठकले पदाधिकारीमा रिक्त रहेको पदपूर्ति गर्दै राजनीतिक समिति र केन्द्रीय समितिमा मनोनयन गरेको छ ।

    बैठकले प्रकाश अधिकारीलाई पार्टीको उपमहासचिवमा चयन गरेको छ । बाँकेबाट प्रत्यक्ष निर्वाचित सांसद इस्तियाक राईनलाई केन्द्रीय सचिवमा चयन गरेको छ । पाँच जना राजनीतिक समिति र २७ जनालाई केन्द्रीय समितिमा बैठकले मनोनयन गरेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij