आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

हिलिहाङ महोत्सवको सम्पूर्ण तयारी पूरा

  • प्रकाशित मिति : आइतवार, बैशाख २३, २०७५



  • पाँचथर, बैशाख २३ । पाँचथरको हिलिहाङ गाउँपालिकामा पहिलोपटक संचालन हुन लागेको हिलिहाङ महोत्सवको सम्पूर्ण तयारी पूरा भएको छ ।

    भोलिबाट हुने महोत्सवको सम्पूर्ण तयारी पूरा भएको हिलिहाङ गाउँपालिकाले जनाएको छ ।

    गाउँपालिका प्रमुख भुवानीप्रसाद लिङ्देनले ऐतिहासिक महत्व राख्ने हिलिहाङ दरबार परिसरसहित गाउँपालिकाका ऐतिहासिक धार्मिक पर्यटकीय क्षेत्रको प्रवद्र्धन गर्दै आन्तरिक तथा बाह्य पर्यटक भित्रयाउने उद्देश्यले महोत्सव सञ्चालन गर्न लागिएको बताए ।

    कृषि, उर्जा, पर्यटन र ब्यापार, समृद्ध हिलिहाङ निर्माणको आधार भन्ने नाराका साथ भोलिबाट शुरु हुने महोत्सव ५ दिनसम्म सञ्चालन हुने जनाइएको छ ।

    महोत्सवको उद्घाटन प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले गर्ने तय भएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij