मङ्लबार, भदौ २, २०८३ | Tuesday 18th August 2026

फ्रेन्च कपको उपाधि पीएजीले जित्यो

  • प्रकाशित मिति : बुधबार, बैशाख २६, २०७५



  • पेरिस सेन्ट–जर्मेन (पिएसजी) ले घरेलु प्रतिस्पर्धामा उपाधिमाथि ह्याट्रिक गरेको छ। लिग वानको उपाधि विजेता पिएसजीले मंगलबार राति फ्रेन्च कपको उपाधिसमेत जितेको हो। यसअघि उसले फ्रेन्च लिग कपको उपाधि पनि जितेको छ ।

    मंगलबार राति भएको फाइनलमामा तेस्रो डिभिजनको लेसलाई २-० गोलले हराउँदै पिएसजीले उपाधि जितेको हो।

    पिएसजीको जितमा जिओभानी लो सेल्सो र एडिसन काभानीले गोल गरे। खेलको २६ औ मिनेटमा जियोभानी लो सेल्सोले गोल गर्दै टिमलाई अग्रता दिलाए।

    त्यसपछि पनि पीएसजीले पहिलो हाफमा अर्को गोल गरेपनि मान्यता पाएन। भिडियो एसिस्टेन्ट रेफ्री (भिएआर) को सहयोगमा पिएसजीको गोलले मान्यता नपाएको हो ।

    तर ७४ औं मिनेटमा काभानीले पेनाल्टी मार्फत गोल गर्दै टिमको अग्रता दोब्बर बनाए। बाँकि समयमा लेस खेलमा फर्कन सकेन।

    चोटका कारण मैदान बाहिर रहेका पिएसजीका नेइमार फाइनलमा उपस्थित भएका थिए। उनी खेल्न नसके पनि जर्सी लगाएर रंगशाला छिरेका थिए। उपाधि उचाल्ने बेला उनी पनि सहभागी भएका थिए।

    पिएसजीले लगातार चौथो सिजन फ्रेन्च लिग र लिग कपको उपाधि उचालेको छ। पिएसजी फ्रेन्च कपका पछिल्ला ४२ खेलमा अपराजित छ । फ्रेन्च कपमा सन् २०१४ को जनवरी २२ यताका कुनै पनि खेलमा पिएसजी हारेको छैन ।

     

     

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सशस्त्र प्रहरीद्वारा १ अर्ब ७५ करोड भन्दा बढीको चोरीपैठारी निकासी लगायतका अवैध सामान पक्राउ
    बुटवलमा अबैध रूपमा भित्रीएका ८२ लाखभन्दा बढी मुल्यका जुत्ता–चप्पल पक्राउ
    मृतक मतदाताको विवरण अद्यावधिक गर्न निर्वाचन आयोगको अनुरोध
    ७७ वटै जिल्लामा पुग्यो सरकारी कुरियर सेवा, घरमै राहदानी र शैक्षिक प्रमाणपत्र
    रोल्पाको आकस्मिक बाढी सडक खन्दा थुप्रिएको माटो र वर्षाका कारण आएको प्राधिकरणको निष्कर्ष
    लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै, सत्ता समीकरणअनुसार सरकार विस्तारको तयारी
    थारु समुदायको गुरिया पर्व मनाउँदै
    नागपञ्चमीको अवसरमा नागपोखरीमा भक्तजनको घुइँचो
    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij