आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

“बजेटको सिद्धान्त र प्राथमिकतामा ‘फोकस’ छैन “- बाबुराम भट्टराई

  • प्रकाशित मिति : बिहिबार, बैशाख २७, २०७५



  • पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले अर्थमन्त्री युवराज खतिवडाले संसदमा प्रस्तुत गरेको बजेटको सिद्धान्त र प्राथमिकतामा ‘फोकस नभएको’ बताएका छन्।

    उनले बजेटको सिद्धान्त र प्राथमिकतामा अर्थमन्त्रीले सबैलाई खुसी पार्न खोजेको देखिएको बताए।

    ‘फोकस’ छैन, भट्टराईले संसदमा भने, ‘एकजना बुद्धिजीवीले भनेका छन्, ‘म सफलताको फर्मुला दिन सक्दिन तर असफलताको फर्मुला दिन सक्छु। त्यो भनेको सबैलाई खुसी पार्न खोज्नु हो।’

    उनले अर्थमन्त्री खतिवडाको भिन्न पृष्ठभूमि, संकोचका कारण प्राथमिकता निर्धारण गर्न नसकेको देखिएको टिप्पणी गरे। संघीयतामा गएको अवस्थामा निरन्तरताको बजेट ल्याउन नहुने बताए।

    दुई तिहाईभन्दा बढी बहुमतको सरकार भएकाले अहिले परिवर्तन गर्न नसके पछि गर्न झन् अप्ठेरो हुने उनको धारणा थियो। उनले प्रदेशलाई बढी कामकाजी बनाउनुपर्ने बताए।

    स्थानीय तहलाई प्रदेश मातहत ल्याउनुपर्ने उनको भनाई थियो।

    ‘तपाईं हामीले साना तिना खुद्रे कुरा नमागौँ’, भट्टराईले भने। ‘फास्ट ट्र्याक, एयरपोर्ट, रेलमार्ग, जलमार्ग, पूर्व पश्चिम रेल मार्ग पुरा गर्नैपर्छ’, भट्टराईले भने, ‘त्यो नभएसम्म बजारसम्म जोडिदैन। बजारसम्म नजोडिएसम्म निर्वाहमुखी कृषि अर्थतन्त्र भत्कदैन।’

    ‘जबसम्म छिमेकीसँग सन्तुलित सम्बन्ध राख्न सक्दैनौँ। जति टाउको फुटाए पनि जति घोक्रो फुटाए पनि यो देश समृद्धि बन्दैन’, भट्टराईले भने, ‘जियो पोलिटिक्स’ हेर्नैपर्छ। उनले भारत र चीन दुई ढुङ्गा नभएर महासागर बनेको बताए। नेपाल पनि तरुल नभएर अब टाकुरा बनेकाले पुल बन्नुपर्ने तर्क गरे।

    उनले प्रधानमन्त्रीले ७ सय ५३ नगर/गाउँपालिकामा प्राविधिक शिक्षालय खोल्ने घोषणा कार्यान्वयनमा लैजान अर्थमन्त्रीलाई आग्रह गरे। भट्टराईले प्रधानमन्त्री ओलीको बुद्धिजीवीलाई मुसा भन्दै गरेको व्यंग्यको समेत समर्थन गरे।

    ‘बुद्धिजीवीलाई प्रधानमन्त्रीले कोट काट्ने मुसा भन्नुभयो। डिग्रीधारी मान्छेमा अध्ययन नगरी ‘दम्भ’ पालेर बस्ने स्वभाव छ। गफ लगाउने, आइएनजीओ र एनजीओको छेव न टुप्पाको रिपोर्ट लेख्नेलाई व्यंग्य गरेको भन्नु भएको हो भने ठिक हो।’

    उनले नेपालमा विश्वका उत्कृष्ट विश्वविद्यालयका प्राध्यापकलाई करोड तलब दिएर ल्याउनुपर्ने बताए।

    ‘त्यस्ता २० जना बुद्धिजीवीलाई वर्षको १२ करोड दिए पनि १ अर्ब पनि जाँदैन’, भट्टराइले भने, ‘म जस्ता बुढाखाडा हैन। ५० वर्षभन्दा कमका लिएर आउँ। एक हजार युवा विद्यार्थीलाई पढाऊ।’

    उनले शिक्षा र कृषिमा पनि प्राथमिकता दिनुपर्ने बताए।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij