बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

कलाकार नयनको जन्मदिन अनाथ बालबालिका तथा वृद्धवृद्धाहरुसँग

  • प्रकाशित मिति : बिहिबार, बैशाख २७, २०७५



  • काठमाडौं, वैशाख २७ । मोडल तथा कलाकार नयन डिसीले अनाथ बालबालिका तथा असाहय वृद्धवृद्धाहरुलाई भोजन खुवाएर र केक काटेर जन्मदिन मनाएका छन् ।

    बूढानीलकन्ठ, डाँडागाउँमा रहेको अनाथ असहाय बालसुधार समाजमा आश्रित ३७ जना बालबालिका तथा मानवसेवा आश्रम सामाखुसीमा आश्रित करिब ४० जना वृद्धवृद्धालाई उनले खाना खुवाएका हुन् । खानाका साथै केक खुवाएर उनले नाचगानसमेत गरे ।

    नयनले उक्त आश्रममा पुगेर अरु खाद्यन्न सामाग्री वितरण गरेर सबैसँग नाचगान गर्दै जन्मदिन मनाएका हुन् ।

    एरोबिक डान्सका प्रशिक्षकसमेत रहेका नयनले करिब ४५ म्यूजिक भिडियोमा अभिनय गरिसकेका छन् ।

    कलाकार, पत्रकार, समाजसेवी तथा शुभेच्छुकहरुका साथ अनाथालय तथा आश्रममा पुगेका नयनले जन्मदिनमा केही नयाँ सन्देश प्रवाह गर्न खोजेको बताए ।

    ‘हाम्रो सानो सहयोगले अनाथ तगा बेसाहाराहरुको मुहारमा थोरै भएपनि मुस्कान ल्याउने प्रयास गरेको हुँ’–उनले भने ।

    भर्खरै म्यूजिक भिडियो निर्देशनमासमेत हात हालेका नयनले जन्मदिनको अवसरमा साथीहरुसँग रमाइलो तथा बिलासितामा खर्च उडाउनुभन्दा अशक्त वृद्धवृद्धा तथा बालबालिकासँग जन्मदिन मनाउँदा आफूलाई छुट्टै खुसी मिलेको अनुभव सुनाए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij