बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

नुवाकोटमा बसको ठक्करबाट सल्यानका मजदुरको मृत्यु

  • प्रकाशित मिति : आइतवार, बैशाख ३०, २०७५



  • नुवाकोट, बैशाख २९ । नुवाकोटको किस्पाङ–५, मनकामनास्थित चाँपडाँडामा बसले ठक्कर दिँदा आज दिउँसो एकजनाको मृत्यु भएको छ ।

    शान्तिबजारबाट सातदोबाटोतर्फ गइरहेको बा ४ ख ७३८९ नं। को बसले सडक निर्माणमा खटिएका मजदुर सल्यान जिल्लाको कालीमाटी गाउँपालिका–३ का कुशल घर्तीको घटनास्थलमै मृत्यु भएको छ ।

    तिव्रगतिमा रहेको बसले सडक छेउमा ढलनाली निर्माणका लागि पर्खाल लगाइरहेका घर्तीलाई ठक्कर दिएको थियो । रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij