बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

इलाममा फोहोरबाट कम्पोष्ट मल बनाउन थालियो

  • प्रकाशित मिति : मङ्लबार, जेष्ठ १, २०७५



  • इलाम, जेठ १ । इलाम बजारको फोहोरमैला प्रशोधन गरी प्राङ्गारिक मल बनाउने मेसिनको परीक्षण गरी फोहोरबाट मल बनाउन थालिएको छ ।

    जिल्लाका विभिन्न स्थानबाट निस्किने फोहोर व्यवस्थित गर्न इलाम नगरपालिकाले फोहोरबाट कम्पोष्ट मल बनाउने मेसिनको परीक्षण गरी फोहोरमैला प्रशोधन थालेको हो ।

    उक्त मेसिनमा दैनिक सात सयदेखि आठसय किलोसम्म फोहोर पेल्न सकिन्छ । सड्ने र नसड्ने दुबै किसिमको फोहोरबाट प्राङ्गारिक मल बनाइन्छ ।

    मल बनाउन ८० प्रतिशत घर तथा अन्य स्थानबाट निकालिएको फोहोरको आवश्यकता पर्छ भने बाँकी सुख्खा चीज आवश्यक पर्छ ।

    प्रशोधित बस्तुलाई ताप र मोइश्चर मिलाएर १० देखि १५ दिनसम्म राखेपछि मल तयार हुन्छ ।

    इलाम नगरपालिकाको ३९ लाख ३५ हजारको लागतमा कम्पोष्ट प्लान्टका लागि भवन, कामदार बस्ने घर, शौचालय, जग्गाको घेराबार गर्नेलगायत काम गरिएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij