बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

मिथिलामा वट सावित्री पर्व

  • प्रकाशित मिति : मङ्लबार, जेष्ठ १, २०७५



  • जनकपुर, जेठ १ । पतिको दीर्घायुको कामना गर्दै मिथिलाका महिलाहरुले मंगलबार वट सावित्री पर्व मनाएका छन् ।

    वरको रूखमा ब्रह्मा, विष्णु र महेशको बास हुने गरेकाले रूखमुनि बसेर पतिको दीर्घायुको कामना गरेपछि मनोकामना पूर्ण हुने जनविश्वास रहेको छ ।

    यो पर्व मनाउने महिलाहरु नववस्त्र धारण गर्नुका साथै बाँसको हातेपंखा, प्रसादसहित धार्मिक विधानपूर्वक पूजापाठ गर्छन् ।

    सत्ययुगमा सतिसावित्रीले आफ्ना पति सत्यभानको जीवन यमराजबाट फिर्ता गराउन सफल भएपछि सोको सम्झनास्वरुप यो पर्व मनाउन थालिएको जनविश्वास रहिआएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij