प्रकाशित मिति : बुधबार, जेष्ठ २, २०७५
आज मिति ः– २बब०७५-०२-०२ गते बुधवार,तदनुसार १६ मे २०१८, अधिकज्येष्ठ शुक्ल पक्ष प्रतिपदा तिथि वेलुका १६ : ०८ बजे सम्म । आजको नक्षत्र कृत्तिका विहान १० : ३३ बजे सम्म ।
कपिलदेव सुवेदी उप–प्रा. नेपालसंस्कृत विश्वविद्यालय सिद्धान्त ज्यौतिषाचार्य,वास्तु तथा फलितविद् ज्यौतिष परामर्श केन्द्र वेष्टर्न डेभलोपमेन्ट बैक संग सटेको घरमा बिजौरी,दाङ ९८४७८२२७११,९८६८६५११२१, ९८४७८३३६२३
मेष (च,च,ेचो,ला,ली,लु,ले,लो,अ) मनमा असन्तोष बढने छ । स्वास्थ्य सम्बन्धि समस्या देखिनेछ । अनावश्यकरुपमा धनक्षय हुनेछ । आँखामा समस्या आउन सक्नेछ । अनावश्यक यात्रा गर्नु पर्ने छ ।
बृष (ई,उ,ए,ओ,वा,वी,वु,वे,वो) स्वास्थ्य राम्रो रहने छ । मान सम्मान प्राप्त हुने छ । पारिवारीक सुख प्राप्त हुने छ । मित्रहरुबाट पूर्णसहयोग मिल्ने छ । मिष्ठान्न भोजन प्राप्त हुने छ ।
मिथुन (का,की,कु,घ,ङ,छ,के,को,हा) आफन्त वा प्रियजन संगको खट्पट् कारण मन खिन्न रहनेछ । शारीरिक समस्याले मनमा चिन्ता उत्पन्न गराउने छ । खर्चमा वृद्धि हुने छ ।
कर्कट (ही,हु,हे,हो,डा,डी,डु,डे,डो) कामहरु बन्दै जाने छन् । आफन्तहरु तथा मित्रहरु संग मिलनको योग छ । मीठो भोजन तथा धन प्राप्त हुनेछ । पराक्रम बढनेछ । अध्ययनमा रुचि वढनेछ ।
सिंह (मा,मी,मु,मे,मो,टा,टी,टु,टे) मनले चिताएको काममा सफलता मिल्ने छ । रोकिएका कामहरु पुराहुनेछन् । व्यवसायबाट फाइदा हुनेछ । भगवान प्रति भक्ति बढनेछ ।
कन्या (टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) सरकारी काममा ढीलासुस्ति हुनेछ । परिवारसंग मतभेदका कारण विवाद हुन सक्नेछ । यात्राको अवसर प्राप्त हुनेछ । रोजगारी तथा व्यवसायमा घाटाहुन सक्नेछ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तु,ते)
पेटजन्य रोगका कारण स्वास्थ्य खराव हुन सक्ने छ । मनमा चिन्ता बढने छ । वादविवाद हुन सक्नेछ । चीसोले शरिरमा समस्या देखिनेछ । मन प्रसन्न रहने छैन ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) आर्थिक उन्नति तथा प्रगतिको योग रहेको छ । मान प्रतिष्ठा बढ्ने योग छ । मीष्ठान्न भोजन प्राप्त हुने छ । परिवारबाट सहयोग मिल्ने छ । मनमा धार्मिक भावना प्रवल रहेको छ ।
धनु (ये,यो,भा,भी,भू,धा,फा,ढा,भे) आकस्मिक धनप्राप्तिको योग छ । यश प्राप्तहुनेछ । श्रीमती ÷ प्रेमीकाबाट राम्रो सहयोग प्राप्त हुनेछ । शत्रु परास्त हुनेछन् । स्वास्थ्य राम्रो रहने छ ।
मकर (भो,जा,जी,खी,खु,खे,खो,गा,गी) मेहनतसाथ गरेको कामपनि विग्रने छ । यात्रा अर्थपूर्ण हुने छैन । धनक्षयको योग बनेको छ । चीसोको कारणले वायु विकारको योग वनेको छ ।
कुम्भ (गू,गे,गो,सा,सी,सु,से,सो,दा)
भाइवन्धुहरु संग झगडा हुनसक्छ व्यवहार गर्दा सजग रहनुहोला । पेट सम्बन्धी समस्या देखिन सक्नेछ । काम विग्रने खालको समयछ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) आकस्मिक धनलाभ हुने योग छ । स्वास्थ्य राम्रो रहने छ । शत्रु पराजित हुनेछन । प्रेममा सफल हुने योगछ । व्यवसाय राम्रो रहने छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij