प्रकाशित मिति : बुधबार, जेष्ठ २, २०७५
हुम्ला, जेठ २ । सुर्खेतबाट हुम्लाको सिमकोटका लागि उडेको मकालु एयरको कार्गो विमान हुम्लाको खार्पुनाथ गाउँपालिका २ वामखर्कमा दुर्घटना भएको छ ।
हुम्लाका प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुंगानाले विमान खार्पुनाथको वामखर्कका दुर्घटना भएको पुष्टि गरे । क्षतिको विवरण भने प्राप्त भएको नभएको उनले बताए ।
उनले उद्धारका लागि घटनास्थलतर्फ हेलिकोप्टर पठाइएको बताए ।
विमान दुर्घटना भएको जानकारी एक स्थानीयले दिएको हुम्लास्थित सहकर्मी नृप हमालले जानकारी दिए ।
मकालु एयरको सो विमान आज बिहान ६ बजेर १२ मिनेटमा सुर्खेत विमानस्थलबाट सिमकोटको लागि उडेकोे थियो ।
विमानमा चालक दलका दुईजना सदस्यमात्र थिए । विमान चालक किरण भट्टराई र सहचालक आदित्य नेपालीले चलाएको सुर्खेत विमानस्थल कार्यालयले जनाएको छ ।
नाइन एनएजेयु कलसाइन रहेको विमान ११ सय ७० किलो सामान बोकेर हुम्लाको सिमकोटका लागि उडेको थियो ।
यसअघि विमान बाजुराको कर्णाली नदी किनारमा आकस्मिक अवतरण गराइएको खबर आएको थियो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij