बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

धादिङमा भएका दुई छुट्टा-छुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु

  • प्रकाशित मिति : बिहिबार, जेष्ठ ३, २०७५



  • धादिङ, जेठ ३ । धादिङमा भएका दुई छुट्टा–छुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा पाँच जना घाईते भएका छन् ।

    मलेखुबाट गिट्टी लिएर धादिङबेसीतर्फ जाँदै गरेको ना. ३ ख ६१४३ नम्बरको ट्रक नीलकण्ठ नगरपालिकाको च्याडु भन्ने स्थानमा दुर्घटना हुँदा ट्रक धनी त्रिपुरासुन्दरी गाउँपालिका गोकुल उपाध्यायको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

    सो दुर्घटनामा अन्य चार जना घाइते भएका छन् ।

    यसैगरी पृथ्वी राजमार्गको थाक्रेमा बा ८९ प७९६१ मोटरसाइकल र ग. १ ख ६९२७ नम्वरको बस ठोक्किँदा मोटरसाइकलमा सवार ललितपुरको कुपण्डोलका अक्षय तण्डुकारको मृत्यु भएको छ ।

    मोटरसाइकलमा सवार निकेस तण्डुकार भने घाइते भएका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij